Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

26/May/2025
बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न : लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं। नेपाल पर्यटन बोर्डले आयोजना गरेको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) मा लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवद्र्धन गर्ने विषयमा जोड दिइएको छ ।

काठमाडौंमा शुक्रबारदेखि...

सुरु भएको बीआईटीएम आइतबार एक विशेष समारोहका साथ लुम्बिनीमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको यस अन्तर्राष्ट्रिय मेलाले बौद्ध धर्ममा आस्था राख्ने मुलुकहरूबीच आपसी सहकार्यलाई बलियो बनाउने पर्यटन बोर्डले जनाएको छ ।

नेपाल एसोसिएसन अफ नेपाल टुर एण्ड ट्राभल एजेन्ट (नाटा) को सहकार्यमा बोर्डले आयोजना गरेको यस कार्यक्रमको समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटनको दायरा फराकिलो बनाउने र अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्यका साथ महत्त्वपूर्ण पहलहरू अघि बढाइरहेको जानकारी गराएका छन् । उनले भने, “बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउँदै, हामीले पर्यटन प्रवर्द्धनमार्फत प्रदेशको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएका छौं।” मुख्यमन्त्री आचार्यले पर्यटन पूर्वाधार निर्माण, मौलिक भेषभूषा र सांस्कृतिक वैभवको प्रवर्द्धन, लुम्बिनी केन्द्रित बुद्ध सर्किटको निर्माण, कालीगण्डकी कोरिडोरको प्रचार, प्रमुख सडक र विमानस्थलहरूमा बहुभाषिक डिजिटल सूचना बोर्ड स्थापना जस्ता योजनालाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन् । “बुद्ध सर्किटको योजनाबद्ध विकासका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ,” उनले भने।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी नेपालको गौरवस्थल भएको उल्लेख गर्दै प्रदेश सरकार यसलाई आर्थिक समृद्धिको आधार बनाउन लागि परेको बताए । “हामीले प्रचारप्रसारमा अझै जोड दिनुपर्छ,” मन्त्री न्यौपानेले भने, “पर्यटकको बसाई लम्ब्याउने उपायहरूमा काम भइरहेको छ, र यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको छ ।” उनले लुम्बिनी विमानस्थलको नियमित उडान सुनिश्चित गर्नु जरुरी भएको उल्लेख गर्दै बुद्ध बाहुल्य देशहरूबाट सिधा उडान व्यवस्था गर्न आवश्यक पहल भइरहेको जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागी म्यानमार ट्राभल एशोसिएसनका अध्यक्ष क्याए बोह्ने नाइङले बौद्ध

सहभागी हुन पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिए। उनले भने, “यहाँको अनुभव निकै प्रेरणादायक रह्यो। पर्यटन र बुद्ध धर्म प्रवर्द्धनका लागि हामी सँगै हिँड्न चाहन्छौं।” उनले नेपाल र म्यानमारबीच धार्मिक पर्यटनका क्षेत्रमा सहकार्यको सम्भावना अझ बलियो हुने विश्वास व्यक्त गरे।

नेपाली पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले यो कार्यक्रम केवल पर्यटन व्यापारको प्रवर्द्धनका लागि नभई क्षेत्रीय सहकार्यका लागि समेत ऐतिहासिक अवसर भएको बताए। “भारतको ट्राभल एन्ड टुर अपरेटर एशोसिएसनसँग काठमाडौंमा‌भएको उद्घाटन समारोहमा समझदारी भएको थियो,” थपलियाले भने, “आज म्यानमार ट्राभल एजेन्सीसँग पनि सम्झौता सम्पन्न भयो, जुन क्षेत्रीय सहकार्यको बलियो आधार हो ।” उनले चीनको प्रख्यात ३१८ रुट लुम्बिनीसँग जोडिएको स्मरण गर्दै त्यसले बौद्ध पर्यटनको सम्भावना अझ बढाएको बताए ।

बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टमा नेपालसहित भारत, म्यानमार, भुटान, श्रीलंका, थाइल्याण्ड, चीन, जापानलगायतका देशका पर्यटन व्यवसायी, बौद्ध धर्मगुरु, अध्येता र सरकारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमलर पर्यटन क्षेत्रको गुणात्मक वृद्धि, सांस्कृतिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्न उल्लेखनीय योगदान पुर्‍याउने बोर्डले जनाएको छ ।

Share 5 बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न : लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवर्द्धनमा जोड
  • Share
      बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न : लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवर्द्धनमा जोड
      बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न : लुम्बिनीलाई केन्द्र बनाएर बौद्ध पर्यटन प्रवर्द्धनमा जोड

      काठमाडौं। नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari