Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

04/Nov/2025
थाई एयरवेजको थ्री-क्लास एयरबस नेपालमा सञ्चालन हुँदै: ब्यापक सुविधा र सस्तो टिकट अफर!

काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ।

यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री-क्लास सुविधासहित सेवा...

दिन थालेको हो। यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो। जसले उडान भर्दै आएको बोइङ ७७७(Boeing-777) अपरेसनलाई प्रतिस्थापन गरेको छ।

नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैं प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ। बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा 'Smooth as Silk' सहितको सेवा प्रदान गरिरहेको हो।

कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले Airbus A330‑300 दैनिक दुई पटक काठमाडौँमा उडान भर्दै आइरहेको छ।

सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव

नयाँ Airbus A330-300 विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ, जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो।

प्रिमियम इकनोमी प्लस वर्ग : ३१ वटा प्रिमियम सीटहरु जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन्। लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ।

प्रिमियम इकनोमी वर्ग : ४८ वटा ठूला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेसक्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ।

इकोनोमी वर्ग : कुल १८५ आरामदायी सीटहरु छन्। जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन्। जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरुले रोजाइको विकल्प बनाउन सक्छन्।

रणनीतिक साझेदारी तथा बजार तयारी

थाइ एयरवेज इन्टरनेशनल कम्पनी लिमिटेडले नेपालको लागि आफ्नो जेनरल सेल्स एजेन्ट (GSA) ले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिससँग संयुक्त रुपमा व्यापक प्रशिक्षण सत्रहरू सञ्चालन गरेको थियो। यी प्रशिक्षण सत्रहरूमा यात्रा उद्योग साझेदारहरू Travelport‑Galileo नेपाल तथा Sabre नेपालसमेत सहभागी थिए। नेपालभरका यात्रा व्यवसायीकर्मीहरूलाई नयाँ विमान कन्फिग्रेसन र सेवा प्रस्तावहरूको जानकारीबारे पूर्ण रूपमा परिचित गराउने रणनीतिक पहलको मुख्य उद्देश्य हो । जसले गर्दा यात्रुलाई उनीहरूको आवश्यकता र प्राथमिकताअनुसार उपयुक्त यात्रा चयन गर्न उत्कृष्ट सल्लाह दिन सक्ने अवस्था सिर्जना भएको छ। थाइ एयरवेज इन्टरनेशनल र सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिस बीचको साझेदारीले नेपालमा यस एयरलाइन्सको उपस्थितिलाई अझ सुदृढ बनाउँदै आएको छ । उनीहरुबीचको सफल सहकार्यले २०२३ देखि सेवा पुनः सञ्चालन भएपछि कनेक्टिविटी र सेवा प्रवाह दुवैमा वृद्धि गरेको छ।

Share 3 थाई एयरवेजको थ्री-क्लास एयरबस नेपालमा सञ्चालन हुँदै: ब्यापक सुविधा र सस्तो टिकट अफर!
  • Share
      थाई एयरवेजको थ्री-क्लास एयरबस नेपालमा सञ्चालन हुँदै: ब्यापक सुविधा र सस्तो टिकट अफर!
      थाई एयरवेजको थ्री-क्लास एयरबस नेपालमा सञ्चालन हुँदै: ब्यापक सुविधा र सस्तो टिकट अफर!

      काठमाडौं। थाई एयरवेज इन्टरन�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar