Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

02/Nov/2025
बीटीटीएफ- २०२५ : नेपालले ढाकामा प्रस्तुत गर्‍यो ‘जीवनभर सम्झनलायक अनुभव’

काठमाडौं । नेपालले बंगलादेशको ढाकामा सम्पन्‍न भएको तीनदिने तेह्रौं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव प्रस्तुत गरेको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका...

कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीष गन्त्वयबारे विस्तृत प्रस्तुती दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारि गराएका छन् । त्यसैगरी बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आफ्नो मन्तव्यमा नेपाल–बंगलादेशबीचका ऐतिहासिक, सांस्कृतिक र जन–जनबीचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदान–प्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरेका छन् ।

टुअर अपरेटर एसोसिएसन अफ बंगलादेश (टीओएबी) का अध्यक्ष एम.डी. रफेउज्जामान र निर्देशक एम.डी. तस्लिम अमिन (शोभन) ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताएका छन् । कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीहरूले लोक–सांस्कृतिक प्रस्तुति गरेका थिए । यसले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्‍वास गरिएको छ ।

औपचारिक कार्यक्रमपछि नेपाल र बंगलादेशका पर्यटन व्यवसायीबीच बीटुबी अन्तर्क्रिया तथा नेटवर्किङ्ग सत्रसमेत भएको थियो । साथै, कार्यक्रमकै क्रममा 'राफल ड्र' आयोजना गरी विशेष 'होलिडे प्याकेज'हरू पनि घोषणा गरिएको थियो । यस कार्यक्रममा १०० भन्दा बढी बंगलादेशी टुर अपरेटरहरू सहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवालाहरू सहभागी थिए ।

बंगलादेशको सबैभन्दा ठूलो पर्यटन प्लेटफर्म बीटीटीएफ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो । जसमा नेपालल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाटा) सहित नेपालका १० पर्यटन व्यवसायिक कम्पनीहरूले सहभागिता जनाएका थिए । नेपाल पर्यटन बोर्डको नेतृत्वमा सहभागी टोलीमा १६ जना सदस्यहरू रहेका थिए, जसमा टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटल प्रतिनिधिहरू समावेश थिए । टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादनहरू प्रस्तुत गर्दै नेपाललाई बंगलादेशी यात्रुहरूका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।

यस अन्तर्राष्ट्रिय मञ्‍चले नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन व्यवसायीहरूलाई क्षेत्रीय सहकार्य मजबुत पार्न, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने र नेपाललाई “जीवनभरको अनुभवको गन्तव्य”का रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

Share 3 बीटीटीएफ- २०२५ : नेपालले ढाकामा प्रस्तुत गर्‍यो ‘जीवनभर सम्झनलायक अनुभव’
  • Share
      बीटीटीएफ- २०२५ : नेपालले ढाकामा प्रस्तुत गर्‍यो ‘जीवनभर सम्झनलायक अनुभव’
      बीटीटीएफ- २०२५ : नेपालले ढाकामा प्रस्तुत गर्‍यो ‘जीवनभर सम्झनलायक अनुभव’

      काठमाडौं । नेपालले बंगलादेश�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
  • Share
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
  • Share
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
  • Share
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
  • Share
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka