Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

20/Nov/2025
टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल-बीइंग फिचरहरू

काठमाडौँ। टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ Time and Well-being स्पेस सुरु गरेको घोषणा गरेको छ। यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन...

सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको छ।

सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत Family Pairing फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको Time Away फिचर जस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ। यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि Meditation Feature पनि सुरु गर्‍यो।

अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडीकेटेड टुल्स सहित नयाँ अनुभवहरू उपलब्ध गराएको छ।

सकारात्मक आनीबानीको विकास

नेपालभरिका मानिसहरूले टिकटक मार्फत आफ्ना रुचिहरू खोज्छन् र #JournalTok, #NatureTok जस्ता कम्युनिटीसँग जोडिन्छन्। अब नयाँ Time and Well-being फिचरले हाम्रो कम्युनिटीलाई आराम गर्न, मन शान्त पार्न र रिल्याक्स हुन अझ सरल बनाइदिएको छ।

यो फिचरले अहिलेको Screen Time Management पेजलाई हटाएर, यसको ठाउँमा धेरै नयाँ उपयोगी विकल्पहरू ल्याउँछ, जस्तै:

• Affirmational Journal – हरेक दिनका लागि आफ्नो मनोभाव वा उद्देश्य सेट गर्न सकिने, जहाँ १२० भन्दा बढी affirmation कार्डहरू डाउनलोड गर्न वा अरूसँग शेयर गर्न सकिने सुविधा छ।

• Soothing Sound Generator – वर्षा, समुद्री छाल, र white noise जस्ता मन शान्त बनाउने आवाज सुन्न सकिने। सर्वेक्षण अनुसार, टिकटक प्रयोगकर्ताहरू प्रयोग नगर्नेहरू भन्दा १४% ले बढी निद्रा वा आराम पाउनका लागि संगीत सुन्छन्।*

• Breathing Exercises – विभिन्न प्रकारका ध्यान र सास-प्रश्वास अभ्यासहरू, जसले तनाव घटाउन र मन स्थिर राख्न सहयोग गर्छ।

डिजिटल वेल-बीइंग र सचेत अनुभवका थप सुविधाहरू

नयाँ Time and Well-being स्पेस सुरू गर्दै, टिकटकले अब चारवटा नयाँ Well-being Missions पनि ल्याएका छौँ। यी छोटा, रमाइला र सजिलै पूरा गर्न सकिने मिसनहरू हुन्, जसले प्रयोगकर्तालाई दीर्घकालीन, सन्तुलित डिजिटल बानी बनाउन मद्दत गर्छ। मिसनहरू पूरा गर्दै जाँदा, प्रयोगकर्ताले ब्याज पाउँछन्, जसले उनीहरूको सचेत व्यवहारलाई प्रोत्साहन र मजबुत बनाउँछ।

• यी सुविधामा आठ–हप्ते Sleep Hours Mission समावेश छ, जहाँ प्रयोगकर्ताले भर्चुअल Well-being Tree बढाउन सक्छन्। योसँगै, निर्धारित सीमाभित्र रहेर प्रयोग गरेमा Daily Screen Time Badge, र हरेक हप्ता Screen Time रिपोर्ट चेक गर्ने Weekly Mission पनि उपलब्ध छ।

• प्रयोगकर्ताहरूले Well-being Ambassador Mission मार्फत आफ्ना साथीहरूलाई पनि मिसनमा सहभागी गराई यी अनुभवहरू सँगै गर्न निमन्त्रणा गर्न सक्छन्।

यी मिसनहरू पूरा गर्दा प्रयोगकर्ताले डिजिटल ब्याज कमाउन सक्छन् जसले उनीहरूको सचेत र स्वस्थ डिजिटल बानीलाई प्रोत्साहित गर्छ। यी मिसनहरू टिकटकको Digital Wellness Lab को आफ्नै अनुसन्धान, र Youth Council को सुझावका आधारमा तयार गरिएका हुन्। यो स्पेसले रोकथामभन्दा पनि सकारात्मक प्रोत्साहनलाई प्राथमिकता दिन्छ। अनुसन्धानका अनुसार, दुई तिहाई किशोर–किशोरीहरूले डिजिटल टाइम म्यानेजमेन्ट टुल्सलाई उपयोगी ठान्दछन्। पहिलो चरणको परीक्षणले राम्रो सहभागिता देखाएको छ, प्रयोगकर्ताहरू पहिलेको Screen Time मेनुमा भन्दा यो नयाँ स्पेसमा धेरै पटक फर्किएका छन्, र affirmation journal सबैभन्दा लोकप्रिय फिचर बनेको छ।

अझ धेरै प्रयोगकर्तालाई टाइम एण्ड वेल-बीइंग स्पेसमा जोड्ने उद्देश्य

प्रयोगकर्ताले नयाँ Time and Well-being स्पेस सजिलै भेटून् भनेर, कसैको Daily Screen Time Limit पुगेको वा उनीहरूको Sleep Hours सक्रिय हुने अवस्थामा पनि हामीले सोही स्पेसको लिंक उपलब्ध गराउनेछौँ। त्यसैगरी, Take A Break भिडियोहरूमा पनि नयाँ Time and Well-being पेजतर्फ निर्देशित गर्ने सन्देश थपिएको छ। हाम्रो उद्देश्य यो स्पेसलाई कम्युनिटीका लागि अझ उपलब्ध, सजिलो र देखिने बनाउनु हो। आगामी दिनहरूमा, हामी यी टुलहरूलाई मानिसहरूको दैनन्दिन प्रयोगको सक्रिय हिस्सा बनाउन थप फिचरहरू जारी गर्ने योजना बनाइरहेका छौँ। यसका लागि, टिकटकको सम्पूर्ण अनुभवमा यी वेल-बीइंग टुलहरूलाई अरू कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा पनि खोज–अनुसन्धान भइरहेको छ।

टिकटकले यी फिचरहरूलाई प्लेटफर्मको अनुभवमै सहज रूपमा जोड्ने लक्ष्य राखेको छ, ताकि प्रयोगकर्ता कम्युनिटीले आराम गर्न, तनाव घटाउन र प्रविधिसँग सन्तुलित सम्बन्ध बनाउन सकून्। यससँगै, टिकटकले आफ्नो कम्युनिटीलाई केवल मनोरञ्जन मात्र होइन, उनीहरूको समग्र सु–स्वास्थ्यलाई समर्थन गर्ने स्थान प्रदान गर्ने प्रतिबद्धता पनि पुनःप्रस्तुत गर्दछ।

टिकटकको बारेमा

टिकटक छोटो मोबाइल भिडियोको प्रमुख विश्वव्यापी प्लेटफर्म हो। यसको उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो।

टिकटकको ग्लोबल मुख्यालय लस एन्जेलस र सिंगापुरमा छ, र न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा यसका कार्यालयहरू छन्।

Share 3 टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल-बीइंग फिचरहरू
  • Share
      टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल-बीइंग फिचरहरू
      टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल-बीइंग फिचरहरू

      काठमाडौँ। टिकटकले आज आफ्ना प�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari