Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

22/May/2025
आज देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ। यो मौसमी प्रणालीका कारण आज देशका...

अधिकांश भागहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको र कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टासम्म कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तो मौसमले कृषि, यातायात तथा जनजीवनमा असर पुर्‍याउन सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेकोले आगामी दिनहरूमा समेत मौसम यस्तै अस्थिर रहन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Share 15 आज देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना
  • Share
      आज देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना
      आज देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

      काठमाडौं। हाल देशमा पश्चिमी �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird