Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

18/Nov/2025
बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न गर्न आग्रह गर्नु भएको...

छ ।

राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडांैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेको बताउनु भएको हो । “एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छ भने कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन् । जसले गर्दा आयोजनाहरको लागत बढेको अवस्था छ । यो अवस्थानमा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ । त्यसको लागि लगानीको वातावरण तयार गर्नु पर्दछ । ” उहाँले भन्नुभयो ।

यस्तै उहाँले नियमनकारी निकायहरुले पनि प्रभावकारी ढंगले काम नर्गदा समस्या सिर्जना भएको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । “धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म कामहरु प्रभावित भए भने पछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढंगले काम हुन सकेन । यसमा सुधार जरुरी छ । यस्तो प्रवृतिले लगानीको वातावरणमा नै असर पर्दछ । अध्यक्ष ढकालले भन्नुभयो । धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई आईपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष ढकालले धितोपत्र बोडमा देखिएको समस्यालाई तत्काल हटाउन समेत अर्थमन्त्रीसंग आग्रह गर्नुभयो । यस्तै उहाँले कम्पनीको शेयर अभौतिकीकरणमा अन्तरराष्ट्रिय धितोपत्र पहिचानमा सिंगल (आइजिन) नम्बर राख्नु पर्ने बताउनु भयो ।

यस्तै उहाँले असल नियतका साथ जेनजी आन्दोलन भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो । “ सुशासन, भ्रष्टाचारको, पारदर्शीताको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारित गरेको थियो । जेनजीले पनि पवित्र उद्देश्यबाट आन्दोलन पनि तिनै विषयमा केन्द्रित भएर भएको हो ।

तर आन्दोलनमा गलत तत्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट भउको छ । उहाँले भन्नुभयो , घुसपैठ गर्नेहरुलाई सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने छ । सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने छ । ”

उहाँले सरकारले सुरक्षा दिन नसक्ने हो भने आउने दिनमा आउने दिनमा यस्ता किसिमका घुसपैठहरु हुने र व्यक्ति, व्यवसायीको मनोबल कमजोर हुँदै जाने बताउनु भयो ।

उहाँले सरकारले आन्दोलनको क्रममा भएको क्षतिमा व्यवसायीहरुलाई प्रदान गरेको सहुलियत तथा व्यवसाय सहजिकरणका लागि पछिल्ला दिनहरुमा अर्थमन्त्रालयले गरेका कामहरु सकारात्मक र प्रभावकारी रहेको बताउनु भयो । अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा प्रशंसा समेत गर्नु भयो ।

यस्तै उहाँले भूत प्रवाही कानुनहरुले उद्योगी व्यवसायी बैंक तथा वित्तीय संस्थाहरुले समय समयमा समस्था भोगेको भन्दै यस्ता कानूहरु नल्याउन र भएका कानून कार्यान्वयनमा सहजिकरण गर्नु पर्ने बताउनु भयो । “लगानी प्रोत्साहन गरिएन भाषणमा मात्रै लगानी ल्याउने भनेर लगानी आउँदैन् । लगानीका लागि सहज कानून र त्यसको सहज कार्यान्यन आवश्यक छ ।” उहाँले भन्नु भयो ।

उहाँले नेपालमा पूर्वाधार निर्माणमा पूँजी अभाव नहोस भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरि काम भइरहेको जानकारी दिँदै नेपालमा भएका सम्भावनाहरुलाई उजागर गर्नु पर्ने धारणा राख्नु भयो ।

Share 3 बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल
  • Share
      बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल
      बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल

      काठमाडौँ । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird