Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

04/Aug/2025
प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

काठमाडौं। नेपालको प्रतिष्ठित रचनात्मक एजेन्सी प्रिज्मा एड्भर्टाइजिङ ले सिंगापुरमा आयोजित ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्ट ब्रान्ड्स अवार्ड २०२५ जित्दै अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हात पारेको छ।...

कम्पनीले ब्रान्ड इन्फ्लुएन्सर, क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो।

३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रीला होटलमा आयोजित समारोहमा प्रिज्मा एड्भर्टाइजिङ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले यो प्रतिष्ठित अवार्ड ग्रहण गरेका थिए।

विश्व ब्रान्ड्स फाउन्डेसन द्वारा आयोजना गरिएको यो अवार्डले रणनीतिक ब्रान्डिङ, रचनात्मकता र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तुको मूल्याङ्कन गर्दै विश्वभरका उत्कृष्ट ब्रान्ड तथा एजेन्सीहरूलाई सम्मानित गर्छ।

ब्रान्डलरेट अवार्डको २०औँ संस्करण अन्तर्गत प्राप्त यो उपाधिले प्रिज्मा एड्भर्टाइजिङ लाई नेपालबाट यस अवार्ड जित्ने पहिलो कम्पनी बनाएको छ। अघिल्ला विजेतामा कोका–कोला, नेस्ले, युनिलिभर, सामसङ, टोयोटा, आइबीएम, र जिमी चू जस्ता ब्रान्डहरू, साथै ओगिल्वी मलेसिया, डेन्ट्सु सिङ्गापुर, लियो बर्नेट भियतनाम र क्रिस्टियानो रोनाल्डो, नास डेली लगायत प्रभावशाली व्यक्तित्वहरू रहेका छन्।

सीईओ रञ्जित आचार्यले भने, “यो अवार्ड हाम्रो टिमको सिर्जनात्मक सोच, निरन्तर मेहनत र अन्तर्राष्ट्रिय स्तरमा नेपाली ब्रान्डलाई पुर्याउने प्रतिबद्धताको प्रमाण हो। हामी प्रामाणिकता र साहसमा आधारित दृष्टिकोणलाई विश्वव्यापी बनाउने प्रयासमा निरन्तर लागिरहनेछौं।”

महाप्रबन्धक शरद शाहीले भने, “यो पुरस्कार ३५ वर्षको हाम्रो समर्पित यात्राको सम्मान हो, जुन नेपालबाट विश्वसम्म पुग्ने हाम्रो सपना र प्रयासको परिणाम हो।”

सन् १९९१ मा स्थापना भएको प्रिज्मा एड्भर्टाइजिङ एक ३६० डिग्री रचनात्मक एजेन्सी हो जसले ब्रान्डिङ, डिजाइन, डिजिटल मार्केटिङ र जनसम्पर्क क्षेत्रमा विशेषज्ञता राख्दछ। यसको पोर्टफोलियोमा कोका–कोला, नेस्ले, बजाज मोटरसाइकल, एनसेल, वेस्टर्न युनियन लगायतका ब्रान्डहरू छन्। एजेन्सीले "मेरो मोबाइललाई एनसेलमा रूपान्तरण", "राष्ट्र बैंक", "अन्नपूर्ण फाइनान्स" जस्ता प्रमुख क्याम्पेन्सको नेतृत्व गर्दै आएको छ।

यो उपलब्धिले न केवल प्रिज्मा एड्भर्टाइजिङ को अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाएको छ, बरु नेपाली रचनात्मक उद्योगका लागि पनि महत्वपूर्ण कोसेढुङ्गा सावित भएको छ।

Share 3 प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५
  • Share
      प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५
      प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

      काठमाडौं। नेपालको प्रतिष्ठि

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird