Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

23/Dec/2025
चितवनमा जंगल–सफारी गाइडका लागि वाइल्डरनेस फस्ट-एड तालिम सम्पन्न

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा कार्यरत प्रकृति तथा जंगल–सफारी गाइडहरूको सुरक्षात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वाइल्डरनेस फस्ट एड तालिम प्रदान गरिएको छ।

नेपाल पर्यटन बोर्ड (NTB)...

र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)द्वारा आयोजित उक्त तालिम हिमालयन मेडिक्सको सहकार्य तथा नेचर गाइड एसोसिएसन, चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा प्रदान गरिएको हो ।

तालिममा चितवन राष्ट्रिय निकुञ्ज आसपासका जंगल–सफारी तथा प्रकृति गाइड गरी २४ जना सहभागी थिए । पुष ७-८ गते दुईदिने तालिममा आकस्मिक दुर्घटना, वन्यजन्तु आक्रमण, सर्पदंश, चोटपटक, अत्यधिक गर्मी वा चिसोका कारण उत्पन्न स्वास्थ्य समस्या, प्राथमिक उपचार, सीपीआर, घाइतेको सुरक्षित स्थानान्तरण लगायतका विषयमा व्यावहारिक अभ्यास केन्द्रित प्रशिक्षण प्रदान गरिएको हो ।

तालिमका मुख्य प्रशिक्षक अजय नरसिंह राणाले जंगल, नदी तथा दुर्गम क्षेत्रमा हुने सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई ध्यानमा राख्दै गाइडहरूलाई तत्काल प्रतिक्रिया जनाउन सक्ने सीप अत्यन्तै आवश्यक रहेको बताए । “पर्यटकको सुरक्षामा गाइडको भूमिका पहिलो र निर्णायक हुन्छ, त्यसैले यस्ता तालिमले जीवन जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ,” उनले भने।

चितवन राष्ट्रिय निकुञ्ज नेपालका प्रमुख प्रकृति तथा वन्यजन्तु पर्यटन गन्तव्यहरूमध्ये एक हो, जहाँ हरेक वर्ष लाखौं आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। यस्ता गन्तव्यमा सुरक्षित, उत्तरदायी र व्यावसायिक पर्यटन प्रवर्द्धनका लागि गाइडहरूको क्षमता अभिवृद्धि अपरिहार्य भएकाले यो तालिम प्रदान गरिएको दिगो पर्यटन परियोजना प्रबन्धक धर्मराज दवाडीले बताएका छन् ।

उनले थपे, "यो तालिमले पर्यटक सुरक्षामा सुधार ल्याउनुका साथै स्थानीय गाइडहरूको व्यावसायिकता, आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरको सेवा गुणस्तर बढ्ने विश्वास लिएको छु ।" आगामी दिनमा यस्ता तालिमलाई अन्य संरक्षित क्षेत्रहरूमा पनि विस्तार गर्ने तयारी रहेको जनाइएको छ।

Share 3 चितवनमा जंगल–सफारी गाइडका लागि वाइल्डरनेस फस्ट-एड तालिम सम्पन्न
  • Share
      चितवनमा जंगल–सफारी गाइडका लागि वाइल्डरनेस फस्ट-एड तालिम सम्पन्न
      चितवनमा जंगल–सफारी गाइडका लागि वाइल्डरनेस फस्ट-एड तालिम सम्पन्न

      काठमाडौँ । चितवन राष्ट्रिय न�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird