Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
BITM 2025: नेपाल केवल गन्तव्य होइन, आत्मा र शान्तिको यात्रा हो – दीपकराज जोशी

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (CEO) दीपकराज जोशीले नेपाललाई विश्वको सबैभन्दा प्रामाणिक आध्यात्मिक गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुद्धिस्ट इन्टरनेशनल ट्राभल...

मार्ट (BITM) २०२५ को उद्घाटन सत्रमा बोल्दै उनले नेपालको आध्यात्मिक गहिराइ, बौद्ध सम्पदा र सांस्कृतिक विविधता विश्वका लागि शान्तिको सन्देशवाहक हुने दाबी गरे।

जोशीले BITM जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूलाई साझा प्रतिबद्धता र सार्थक सहकार्य" को प्रतीकका रूपमा चित्रण गरे। उनले भने, “नेपाल यात्रा गन्तव्यमा पुग्ने भौगोलिक पथ मात्रै होइन, यो आत्मा र शान्तिको यात्राको प्रारम्भ हो।

उनले बौद्ध ध्यान केन्द्र, सांस्कृतिक सम्पदा, हिमाली ऊर्जा र शान्त वातावरणलाई नेपालको मौलिक पहिचानको रूपमा अघि सार्दै ती तत्वले विदेशी पाहुनालाई गहिरो अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।

जोशीले नेपाललाई आध्यात्मिक पुनर्जागरणको केन्द्र बनाउने उद्देश्यले बौद्ध सर्किट, लुम्बिनी क्षेत्र विकास, अन्तर्राष्ट्रिय साझेदारी विस्तार, र दिगो पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार, नेपाल अब केवल हेर्ने गन्तव्य होइन, अनुभूत हुने देश बन्ने बाटोमा छ।

“नेपाल विश्वको सबैभन्दा आध्यात्मिक यात्राको सुरुवात बिन्दु हो,” जोशीले भने, “हामी यो देशलाई यात्रुहरूका लागि गहिरो आत्मिक यात्रा दिने स्थल बनाउने छौं।”

कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र पर्यटन व्यवसायीसमक्ष उनले नेपाल पर्यटन बोर्डको रणनीतिमा 'दिगोपन', 'सांस्कृतिक गहिराइ' र 'मानव–प्रकृति सहकार्य' लाई केन्द्रमा राखिएको जानकारी गराए।

Share 9 BITM 2025: नेपाल केवल गन्तव्य होइन, आत्मा र शान्तिको यात्रा हो – दीपकराज जोशी
  • Share
      BITM 2025: नेपाल केवल गन्तव्य होइन, आत्मा र शान्तिको यात्रा हो – दीपकराज जोशी
      BITM 2025: नेपाल केवल गन्तव्य होइन, आत्मा र शान्तिको यात्रा हो – दीपकराज जोशी

      काठमाडौं। नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari