
ArthaDrishti.com
12/May/2025
देशभर आंशिक बदली, पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ। देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै अरब सागरबाट भित्रिरहेको...
जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले देशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ।
महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना देखिएको छ। मौसमविद्हरूले वर्षा, चट्याङ्ग र हावाहुरीका कारण जनजीवन, कृषि तथा यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।