Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

16/Jun/2025
थोरै लगानीमा आकर्षक र बलियो घर कसरी बनाउने? हेर्नुहोस् यस्ता छन् केही टिप्सहरू

घर सबै मानिसहरूको जीवनसँग जोडिएको चीज हो जुन जीवनभरको कमाइ नै खर्च गरेर बनाउनुपर्ने हुन्छ। आजभोली घर बनाउँन बजारमा निर्माण सामग्रीहरूको भाउन पनि बढेको पाइन्छ।...

त्यसैले आजको लेखमा सस्तो र सरल किसिमले थोरै लगानीमा घर कसरी बनाउँ सकिन्छ भन्ने बारे आजको लेखमा उल्लेख गर्नेछौँ।

जति धेरै सम्पति भएपनि उसको इच्छा भने सँधै न्यूनतम मुल्यमा गुणस्तरीय सामान पाउँनु हो। घरको लागि आवश्यक सामाग्री होस वा व्यतिगत सामान सबैले कम मुल्यमा उच्च गुणस्तरीय सामानको खोजी गर्छन्। तर, मूल्य पनि कम सामान पनि राम्रो के यो सम्भव छ? घर बनाउने बेलामा पनि यस्ता कुराहरू बारम्बार आउने गर्दछन्। सबै मानिसको चाहना नै हुन्छ कम खर्चमै आकर्षक र बलियो घर बनाउने। त्यसैले यहाँ कम लागतमा घर बनाउनका लागि केहि उपायहरू बारे चर्चा गरिएको छ।

घर बनाउने सामानको छनोट

घरको सम्पूर्ण खर्चको ६५ प्रतिशत खर्च घर बनाउने सामानमा लाग्छ। यसैले, भान्सा कोठाका सामान, बिजुलीका सामान, पाइप, काठ, सिलिङमा प्रयोग गरिने सामान, सजावटका सामान र अन्य सामान सस्तोमै गुणस्तरीय पाइने ठाउँमा खरीद गर्नुपर्छ।

एउटै गुणस्तरका सामान पनि ठाउँअनुसार महँगो अर्थात भाउ फरक पर्ने भएकाले बजारभाउ बुझेर मात्र खरीद गर्नु राम्रो हुन्छ। देखिने र आवश्यक ठाउँमा महँगो सामान प्रयोग गरे पनि नदेखिने र अनावश्यक स्थानमा कम मूल्यका बलिया सामान प्रयोग गरेर खर्च घटाउन सकिन्छ।

ठेकेदारको छनोट

निजी घरहरू निर्माण गर्दा पनि नाफाखोर ठेकेदारका कारण लागत बढ्न सक्छ। त्यसैले, घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको छनोट महत्त्वपूर्ण हुन्छ। ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ। यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ।

नक्साको चयन

सबैभन्दा पहिला नक्सा (डिजाइन) मा ध्यान दिनुपर्छ। कत्रो, कस्तो र कुन किसिमको घर बनाउने र कति लागत लाग्ने भन्ने नक्सा बनाउँदा नै तय गर्नुपर्दछ। आफ्नो जग्गाको साइजअनुसार उपयुक्त र सबै ठाउँको सदुपयोग हुने किसिमले घरको नक्सा इञ्जिनीयरलाई बनाउन लगाउनुपर्छ।

पछि डिजाइन परिवर्तन नगर्ने

कतिपय मानिस घर बनाइसकेपछि त्यसको भित्र निर्माण गर्ने भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन्। यसले गर्दा डिजाइन खर्च बढ्ने, कामदार खर्च बढी हुने, घरको क्षमता फरक हुने र त्यसको निर्माण महँगो पर्छ। त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोहीबमोजिम निर्माण गर्नु उपयुक्त हुन्छ।

वर्गाकार आकारमा बनाउने

अन्य घरभन्दा वर्गाकार घर बनाउँदा धेरै सस्तो पर्ने विशेषज्ञहरू बताउछन्। आयताकार घरको भन्दा वर्गाकार घरको निर्माण लागत १५ देखि २० प्रतिशतसम्म कम पर्ने इञ्जिनीयरहरू बताउँछन्। साथै, एक तलाको ठूलो घर र त्यसमा कोठाहरू बनाउनुको सट्टा दुई तलाको सानो घर निर्माण गर्दा २५ प्रतिशत लागत खर्च कम लाग्ने बताइन्छ।

वालहरू कम बनाउने

घर निर्माण गर्दा भित्रपट्टि कम सङ्ख्यामा वाल राख्दा फाइदा हुन्छ। बाहिरी वालको दाँजोमा भित्री वालको मोटाइ पनि पातलो बनाउनु राम्रो हुन्छ। यसले घरमा ठाउँ बढी उपलब्ध हुन्छ भने खर्च पनि कम लाग्छ। साथै, घरमा भर्याङका खुट्किला ज्यादा घुमाउरा तथा धेरैको सट्टा चुस्त र कम बनाउनुपर्छ। यसले लागत र ठाउँ दुवै बचत गर्न सकिन्छ भने घरलाई भद्दा देखिनबाट पनि जोगाउँछ।

Share 3 थोरै लगानीमा आकर्षक र बलियो घर कसरी बनाउने? हेर्नुहोस् यस्ता छन् केही टिप्सहरू
  • Share
      थोरै लगानीमा आकर्षक र बलियो घर कसरी बनाउने? हेर्नुहोस् यस्ता छन् केही टिप्सहरू
      थोरै लगानीमा आकर्षक र बलियो घर कसरी बनाउने? हेर्नुहोस् यस्ता छन् केही टिप्सहरू

       घर सबै मानिसहरूको जीवनसँग �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka