Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

26/Sep/2025
हर्षोत्सव : दशैं-तिहार मनाउनुहोस् फोटोन ईभी भ्यान र TM1 सँगै

काठमाडौं। दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन TM1 मा लिमिटेड टाइम स्पेसल अफर ल्याएको...

छ। यसले नेपालीहरूको महान चाडको बेलामा गाडी लिन अझ सजिलो, लाभदायक र रमाइलो बनाउनेछ।

यो दशैंमा फोटोनले ईभी भ्यान स्किम मार्फत उत्सवलाई अझै विशेष बनाउँदैछ। ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक, ५५” स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज जस्ता आकर्षक उपहार पाउनेछन्। त्यसमा थप, हरेक बुकिङमा स्योरशट ग्याजेट सामसुंग मोबाइल A07 (6+128GB) उपहारको रूपमा दिइनेछ, जसले यो उत्सवमा फोटोन परिवारमा जोडिन अझ सजिलो र फाइदाजनक बनाउने छ।

यो उपहारसँगै यस अफरमा १ वर्षको फुल इन्स्युरेन्स (अटो प्लस) र क्यासलेस इन्सुरेन्स समावेश छन्। फोटोनले ग्राहकहरूको सहजताका लागि थप सुविधा स्वरूप ५ पटकसम्म नि:शुल्क सर्भिसिंग र फ्रन्ट ब्रेक प्याडको सेट पनि नि:शुल्क उपलब्ध हुनेछ। र, ग्राहकहरूका लागि अन्तिम बोनस स्वरूप, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्नेछ।

फोटोन TM1 दशैं स्किममा पनि आकर्षक अफरहरू छन्। TM1 अब दशैं विशेष मूल्य रु. २६,९९,००० (रु. ६,७५,००० छुटपछि) मा उपलब्ध हुनेछ। साथै, हरेक खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन्।

सुरक्षा र निश्चिन्तताको लागि यस स्किममा १ वर्षको सम्पूर्ण सवारी बीमा र क्यासलेस बीमा नि:शुल्क दिइनेछ। त्यसैगरी, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै भर्ने भएकाले यो अफर अझै सजिलो र लाभदायक बनेको छ।

यी अफर मार्फत फोटोन नेपालले केवल गाडी मात्र होइन, भ्याल्यु, केयर र इको-फ्रेन्डली मोबिलिटी पनि उपहार दिनेछ। ईभी भ्यान र TM1 दुवै कम्फर्ट, इफिसियन्सी र रिलायबिलिटीका लागि बनेका गाडीहरू हुन्, जसमा अब दशैं–तिहार बोनस पनि थपिएको छ।

Share 4 हर्षोत्सव : दशैं-तिहार मनाउनुहोस् फोटोन ईभी भ्यान र TM1 सँगै
  • Share
      हर्षोत्सव : दशैं-तिहार मनाउनुहोस् फोटोन ईभी भ्यान र TM1 सँगै
      हर्षोत्सव : दशैं-तिहार मनाउनुहोस् फोटोन ईभी भ्यान र TM1 सँगै

      काठमाडौं। दशैं नजिकिँदै गर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari