Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

07/Jan/2026
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु कायम रहने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ भने...

बाँकी पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ जसले दृश्यता निकै कम भएको छ।

दिउँसो: तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने छ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ।

राति: तराईका धेरै स्थानमा हुस्सु कायम रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

हुस्सु/कुहिरोका कारण तराईमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यात्रुहरूले दृश्यता कम भएकोले दुर्घटनाबाट बच्न सतर्क रहनुपर्ने छ। महाशाखाबाट जारी हुने नियमित मौसमी अपडेटमा ध्यान दिन समेत अनुरोध गरिएको छ।

Share 3 नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु कायम रहने
  • Share
      नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु कायम रहने
      नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु कायम रहने

      काठमाडौं। मौसम पूर्वानुमान �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari