Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

28/May/2026
आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीले नयाँ रेडमी प्याड २ ९.७" सार्वजनकि गरेको छ ।

काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि रेड्मी प्याड २ ९.७" सार्वजनिक गरेको छ । नयाँ रेड्मी प्याड २ ९.७" ले शक्तिशाली अक्टा-कोर प्रोसेसर...

सहित सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्दछ ।

ग्राफाइट ग्रे र सिल्भर रङ्गमा उपलब्ध रेड्मी प्याड २ ९.७" को पहिलो आकर्षण यसको ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ हो जसले स्टाइलमा कुनै सम्झौता नगरीकन उत्कृष्ट ड्युरेबिलिटी (मजबुती र टिकाउपन) प्रदान गर्छ । यसको १२० हर्जको रिफ्रेस रेट, अक्टा-कोर प्रोसेसर, र ९.७ इन्चको २K क्रिस्टल-क्लियर डिस्प्लेले अल्ट्रा-स्मुथ भिजुअल, डिटेल्स, र फास्ट-रेस्पोन्सिभनेस प्रदान गर्दछ । यसबाट रेड्मी प्याड २ ९.७" मा एक साँच्चिकै इमर्सिभ डिस्प्ले अनुभव सम्भव हुन्छ ।

७,६०० एमएएचको ठूलो ब्याट्रीसहित १८ वाटको फास्ट-चार्जिङ सुविधा भएको रेड्मी प्याड २ ९.७" मा लामो प्लेब्याक सेसनसहित लामो समयसम्म प्रयोग गर्नको लागि टिक्ने ब्याट्रि-लाइफ पाइन्छ । ८ MP रियर क्यामरा तथा ५ MP फ्रन्ट क्यामरासहित यसले हरेक सटमा फोटोको गुणस्तर कायम राख्दै सार्प, डिटेल्ड इमेजहरू निकाल्छ ।

त्यसैगरी, म्युजिक तथा भिडियो हेर्न-सुन्नका लागि हाइ-रिजोलुसन अडियो दिने इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएमको हेडफोन ज्याक रहेका छन् जसले यसको मल्टिमिडिया प्याकेजलाई पूर्णता दिन्छ ।

शाओमी हाइपरओएस ३ मा चल्ने यस रेड्मी प्याड २ ९.७" ले शाओमी इकोसिस्टममा सिमलेस कनेक्टिभिटीसहित सहज र इन्टेलिजेन्ट अनुभव प्रदान गर्दछ । जम्मा ४०६ ग्राम तौल रहेको यो प्याड ‘लाइट टु मिड-वेट’ श्रेणीको डिभाइस अन्तर्गत पर्दछ जसकारण यो बोक्न पनि सजिलो र हरेक दिन प्रयोग गर्न पनि सहज हुन्छ ।

रेड्मी प्याड २ ९.७" मा भरपर्दो सेक्युरिटी र प्राइभेसीको लागि एआई फेस अनलकजस्ता एआई-पावर्ड विशेषताहरू पनि उपलब्ध रहेका छन् । यी आधुनिक र आकर्षक विशेषताहरूले भरिपूर्ण रेड्मी प्याड २ ९.७" को ४+१२८ जिबि भेरियन्ट जम्मा रू. २५,९९९ को मूल्यमा हाल उपलब्ध रहेको छ ।

Share 6 आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीले नयाँ रेडमी प्याड २ ९.७" सार्वजनकि गरेको छ ।
  • Share
      आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीले नयाँ रेडमी प्याड २ ९.७" सार्वजनकि गरेको छ ।
      आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीले नयाँ रेडमी प्याड २ ९.७" सार्वजनकि गरेको छ ।

        काठमाडौँ।  ग्लोबल टेक्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar