Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

06/Feb/2026
नेपाल टेलिकमले मनायो २२औं वार्षिकोत्सव, ग्राहकलाई विशेष अफर र फाइभजी तयारी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो स्थापनाको २२औं वार्षिकोत्सव आज भव्य रूपमा मनाएको छ। केन्द्रीय कार्यालय भद्रकालीसहित देशभरका प्रादेशिक निर्देशनालय र विभिन्न...

कार्यालयमा विशेष समारोह आयोजना गरियो।

कार्यक्रमको प्रमुख अतिथि गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई ‘राष्ट्रको डिजिटल मेरुदण्ड’ को संज्ञा दिँदै डिजिटल डिभाइड घटाउने, ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्ने र संकटका बेला (भूकम्प, महामारी) कम्पनीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सुशासन र नागरिक–सरकार सम्बन्ध मजबुत बनाउन टेलिकमको पूर्वाधार र सेवाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकारसँग मिलेर डिजिटल नेपाल निर्माणमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समिति अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले नयाँ प्रविधि आत्मसात गर्दै गुणस्तरीय तथा सर्वसुलभ सेवा प्रवाहमा जोड दिँदै टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो। दुर्गम क्षेत्रमा डिजिटल सेवा पुर्‍याउन पूर्वाधार विस्तार आवश्यक रहेको उहाँको भनाइ थियो।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दक्ष जनशक्ति र नेटवर्क क्षमताको उपयोग गरी बजार विस्तार र आम्दानी बढाउने सम्भावना रहेको बताउँदै समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिनुभयो।

कम्पनीका नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले प्रस्तुत गरेको प्रतिवेदनअनुसार:

फोरजी/एलटीई सेवा ७७ जिल्लाका ७४९ स्थानीय तहमा विस्तार भइसकेको छ।

फाइभजी सेवा सुरुवातका लागि प्रस्ताव अध्ययन सम्पन्न भई रिभ्यू चरणमा छ।

FTTH उपकरण जडान अन्तिम चरणमा, नयाँ बिलिङ सिस्टम र Wi-Fi 6 परियोजनाको प्रक्रिया अगाडि बढिरहेको छ।

वार्षिकोत्सव अफर: ग्राहकलाई ‘२२’ को विशेष उपहार

वार्षिकोत्सवको अवसरमा कम्पनीले ग्राहकमैत्री अफर घोषणा गरेको छ:

प्रिपेड सिम: रु. २२ मा (साविक रु. ९०) – माघ २२ देखि फागुन १४ सम्म उपलब्ध।

डाटा प्याक (माघ २२–२८ सम्म):

रु. २२ मा २ जीबी डाटा (१ दिन)

रु. २२२ मा २२ जीबी डाटा (२२ दिन)

रु. २२२ मा २२ दिनका लागि २२२ मिनेट (अल नेट), ४ जीबी डाटा र २२२ एसएमएस

FTTH ग्राहकलाई: थप २२ जीबी मोबाइल डाटा बोनस (७ दिन वैध)

फोरजी नयाँ जडान: जडान शुल्क रु. ५०० मिनाहा (माघ २२–फागुन २२)

पुरानो बक्यौता: २०७९/८० सम्मको बक्यौता माघ मसान्तसम्म भुक्तानीमा जरिवाना छुट – म्याद चैत्र मसान्तसम्म थप

विद्यार्थी अफर: समयावधि फागुन २२, २०८२ सम्म विस्तार

कार्यक्रममा उत्कृष्ट बिक्रेता, ठूला ग्राहक र कार्यालयहरूलाई सम्मान गरियो भने २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरियो।

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ को नारा बोकेर दुर्गम क्षेत्रसम्म सेवा पुर्‍याउँदै डिजिटल पूर्वाधार सुदृढीकरण र ग्राहक सन्तुष्टिमा जोड दिइरहेको छ।

Share 4 नेपाल टेलिकमले मनायो २२औं वार्षिकोत्सव, ग्राहकलाई विशेष अफर र फाइभजी तयारी
  • Share
      नेपाल टेलिकमले मनायो २२औं वार्षिकोत्सव, ग्राहकलाई विशेष अफर र फाइभजी तयारी
      नेपाल टेलिकमले मनायो २२औं वार्षिकोत्सव, ग्राहकलाई विशेष अफर र फाइभजी तयारी

      काठमाडौं ।  नेपाल दूरसञ्चा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari