Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

06/Jun/2025
लन्डनमा कञ्चनजंघा आरोहणको ७० वर्ष स्मरण, दिगो हिमाली पर्यटनप्रति प्रतिबद्धता व्यक्त

काठमाडौं। संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंघा हिमालको पहिलो सफल आरोहणको ७० औं वार्षिकी विशेष कार्यक्रममार्फत मनाइएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा...

लन्डनको Royal Geographical Society को सभाहलमा आयोजित कार्यक्रममा सन् १९५५ मा बेलायती टोलीद्वारा गरिएको सफल आरोहणको स्मरण गरिएको हो।

कार्यक्रममा कञ्चनजंघा आरोहण गरिसकेका अनुभवी पर्वतारोहीहरूका प्रेरणादायी अनुभव, संघर्ष र भावना सुनाइयो। विशेष गरी नेपालका प्रसिद्ध पर्वतारोही मिङ्मा डेभिड शेर्पाले आफ्नो साहसिक शिखर यात्रा बारे बोल्दा सभाहल तालीले गुञ्जायमान बनेको थियो। उनले हिमाली पारिस्थितिक प्रणालीप्रति सम्मान गर्न, जलवायु संकट न्यूनीकरण गर्न र दिगो भविष्यका लागि विश्व समुदाय एकजुट हुन आह्वान गरे।

कार्यक्रममा कञ्चनजंघा क्षेत्रका स्थानीय समुदायको योगदानलाई पनि विशेष रूपमा उजागर गरियो। पर्यटन प्रवर्द्धनमा उनीहरूको भूमिका, परम्परागत संस्कृति र दिगोपनप्रति समर्पणलाई सम्मान गरिएको थियो।

उक्त अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (CEO) दीपक राज जोशीले कञ्चनजंघालाई "हिमाल मात्र नभई जीवित सम्पदा" को रूपमा व्याख्या गर्दै भने, "यसले समुदायलाई जोड्छ, साहसिक पर्यटकलाई प्रेरणा दिन्छ, र हामी सबैलाई प्रकृति संरक्षणप्रति उत्तरदायी बनाउँछ।" उनले नेपाल–बेलायत मित्रता यस्ता कार्यक्रममार्फत अझ बलियो हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बेलायतका एडिनबरा ड्युक, राजकुमार एडवर्डको समेत उपस्थिति रहेको थियो, जसले नेपाल–बेलायत सम्बन्धलाई अझै जनस्तरसम्म फैलिएको मित्रताको प्रतिकका रूपमा चित्रित गर्यो।

नेपाल पर्यटन बोर्डका प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूतावासका पदाधिकारी, नेपाली समुदायका सदस्य तथा पर्वतारोहणप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमले दिगो, उत्तरदायी र समावेशी हिमाली पर्यटनप्रति सबैको साझा प्रतिबद्धता दर्शाएको आयोजकले जनाएका छन्।

Share 5 लन्डनमा कञ्चनजंघा आरोहणको ७० वर्ष स्मरण, दिगो हिमाली पर्यटनप्रति प्रतिबद्धता व्यक्त
  • Share
      लन्डनमा कञ्चनजंघा आरोहणको ७० वर्ष स्मरण, दिगो हिमाली पर्यटनप्रति प्रतिबद्धता व्यक्त
      लन्डनमा कञ्चनजंघा आरोहणको ७० वर्ष स्मरण, दिगो हिमाली पर्यटनप्रति प्रतिबद्धता व्यक्त

      काठमाडौं। संयुक्त अधिराज्य �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka