Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

24/Jun/2025
नेपालमा फोटोन टुनल्याण्ड G7 को औपचारिक सुरुवात, २३ दिनमै विश्वकै ८ अग्ला अफ-रोड पार गर्ने पहिलो पिकअप

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ इतिहास रच्दै फोटोनको प्रमुख पिकअप ‘टुनल्याण्ड G7’ नेपालमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। काठमाडौंको पुलचोकस्थित ‘द प्लाजा’ मा आयोजित एक...

विशेष समारोहमा यो शक्तिशाली र आधुनिक पिकअपको भव्य उद्घाटन गरिएको हो।

यसअघि नै ‘टुनल्याण्ड G7’ ले २३ दिनको अवधीमा विश्वका ८ अग्ला र कठिन अफ-रोड भूभागहरू सफलतापूर्वक पार गर्दै ‘विश्वकै पहिलो पिकअप’ बन्ने गौरव प्राप्त गरिसकेको छ। नेपालमा सार्वजनिक हुनुअघि यो पिकअपले १५ हजार किलोमिटरको अफ-रोड र कठिन परीक्षण पूरा गरिसकेको थियो।

उक्त सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, फोटोनका पीआर निर्देशक ली जुओचेंग, सीनियर मार्केटिङ म्यानेजर एमिली डिङलगायतको उपस्थिति थियो।

सो अवसरमा विवेक सिकारियाले भने, “नेपालका चुनौतीपूर्ण भूगोललाई ध्यानमा राखेर फोटोनसँग सहकार्य गर्ने निर्णय आज सार्थक बनेको छ। पछिल्ला ५–६ वर्षमा नेपालभर १५०० भन्दा बढी फोटोन सवारी साधन बिक्री भइसकेका छन्, जसमध्ये ५०० भन्दा बढी पिकअप छन्।” उनले थपे, “टुनल्याण्ड G7 को मर्मत खर्च बजारमा उपलब्ध अन्य पिकअपहरूको तुलनामा २० प्रतिशतले कम छ।”

हिमालयका लागि विशेष डिजाइन

फोटोन टुनल्याण्ड G7 ले १६० एचपी पावर र ३९० एनएम टर्क जस्ता शक्तिशाली विशेषताहरू समेटेको छ। २२५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका साथ, नेपालको पहाडी तथा हिमाली मार्गहरू सजिलै पार गर्न सक्ने क्षमता यसमा छ। साथै, हिल होल्ड कन्ट्रोल, हिल डिसेण्ट कन्ट्रोलजस्ता सुरक्षात्मक फिचरहरू पनि दिइएका छन्।

आधुनिक सुविधाले भरिपूर्ण G7 मा १२.३ इन्च इन्फिनिटी स्क्रिन, इलेक्ट्रिक एड्जस्टेबल सिट, प्यानोरामिक सनरूफ, अटोमेटिक एसी, पुश स्टार्ट बटनलगायत सुविधा छन्।

सुरुवाती मूल्य र मोडेलहरू

टुनल्याण्ड G7 तीन फरक भेरियन्टमा उपलब्ध छ—एलिट (५१.९९ लाख), लक्जरी (६५.४० लाख) र फ्ल्यागशिप (६९.९९ लाख) रुपैयाँ। ग्राहकहरूको रोजाइ अनुसार २.० लिटर डिजेल इन्जिनयुक्त 4x2 MT Comfort र 4x4 MT Comfort मोडेलहरू उपलब्ध छन्।

यस गाडीमा १०.२५ इन्च इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक जस्ता विशेषता पाइन्छन्।

एमएडब्लू वृद्धि कमर्सियल भेइकल प्रा.लि.मार्फत आधिकारिक रूपमा उपलब्ध G7 ले नेपाली अटो बजारमा बलियो, भरपर्दो र इनोभेटिभ मोबिलिटी सोलुसनको नयाँ परिभाषा कोरेको कम्पनीको दाबी छ।

Share 17 नेपालमा फोटोन टुनल्याण्ड G7 को औपचारिक सुरुवात, २३ दिनमै विश्वकै ८ अग्ला अफ-रोड पार गर्ने पहिलो पिकअप
  • Share
      नेपालमा फोटोन टुनल्याण्ड G7 को औपचारिक सुरुवात, २३ दिनमै विश्वकै ८ अग्ला अफ-रोड पार गर्ने पहिलो पिकअप
      नेपालमा फोटोन टुनल्याण्ड G7 को औपचारिक सुरुवात, २३ दिनमै विश्वकै ८ अग्ला अफ-रोड पार गर्ने पहिलो पिकअप

      काठमाडौं । नेपालको अटोमोबाइ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar