ArthaDrishti.com
25/Apr/2026
नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्विरोध निर्वाचित
काठमाडौँ | शुक्रबार काठमाडौँमा सम्पन्न संघको आठौँ अधिवेशनबाट शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
नयाँ कार्यसमितिअनुसार निवर्तमान अध्यक्ष...
त्यस्तै कोषाध्यक्षमा अर्जुन पौडेल, सचिवमा दिल्लीप्रसाद घिमिरे र सह-कोषाध्यक्षमा मीनप्रसाद ढकाल निर्वाचित भएका छन्। सदस्यहरूमा सिद्धार्थ खण्डेलवाल, राजु अधिकारी, नारायण सापकोटा, मनीषकुमार झा र जीना पौडेल चयन भएका छन्।
अधिवेशनको उद्घाटन प्रतिनिधि सभा अन्तर्गतको स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनले गरेकी थिइन्। उद्घाटन समारोहमा उनले आयुर्वेदिक औषधीको महत्वबारे चर्चा गर्दै उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।
उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष सुमन पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा औषधी व्यवस्था विभागका किरण सुन्दर बज्राचार्य, नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लभ अधिकारी तथा नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाश खण्डेलवाललगायतले शुभकामना व्यक्त गरेका थिए।