Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

04/Oct/2025
मनसुनको प्रभाव तीव्र, कोशीदेखि गण्डकीसम्म धेरै स्थानमा भारी वर्षाको चेतावनी!

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज शनिबार, असोज १८, २०८२ (अक्टोबर ४, २०२५) नेपालमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले मनसुनको प्रभाव कायम राखेको छ,...

जसले देशभर सामान्य बदली छ र कोशीका एक–दुई तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी–तराईका थोरै तथा लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षा र मधेश, बागमती तथा गण्डकीका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा सामान्य बदलीसहित धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी र एक–दुईमा धेरै भारी वर्षा हुने सम्भावना छ भने लुम्बिनीमा धेरै स्थानमा मध्यम वर्षा र तराईमा भारी वर्षा हुन सक्छ; कर्णाली र सुदूरपश्चिममा केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। राति कोशी, मधेश, बागमती र गण्डकीमा अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी र एक–दुईमा धेरै भारी वर्षा हुने, लुम्बिनीमा धेरै स्थानमा मध्यम र थोरैमा भारी तथा धेरै भारी वर्षा, कर्णाली र सुदूरपश्चिममा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागले विशेषगरी मध्य तथा पूर्वी प्रदेशमा धेरै भारी वर्षाको जोखिम रहेकोले बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारण र सरोकारवालालाई आग्रह गरेको छ।

Share 5 मनसुनको प्रभाव तीव्र, कोशीदेखि गण्डकीसम्म धेरै स्थानमा भारी वर्षाको चेतावनी!
  • Share
      मनसुनको प्रभाव तीव्र, कोशीदेखि गण्डकीसम्म धेरै स्थानमा भारी वर्षाको चेतावनी!
      मनसुनको प्रभाव तीव्र, कोशीदेखि गण्डकीसम्म धेरै स्थानमा भारी वर्षाको चेतावनी!

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari