Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

01/Jun/2025
आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना

काठमाडौं। आज आइतबार बिहानैदेखि देशका धेरैजसो भू–भागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा मेघगर्जन...

र हल्का वर्षा हुने सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का बदली देखिएको छ भने दिउँसो र साँझतिर मौसममा थप बदली हुनसक्ने अनुमान गरिएको छ। तापक्रम पनि २६ देखि २८ डिग्री सेल्सियसको आसपास रहनेछ।

मौसमविद्हरूका अनुसार पश्चिमी तथा मध्य क्षेत्रका पहाडी भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, पूर्वी भागमा पनि आंशिक बदली रहने देखिएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। यस कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन महाशाखाले जनाएको छ ।

Share 4 आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना
  • Share
      आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना
      आजको मौसम अपडेट: देशभर आंशिक बदली, कतै कतै हल्का वर्षाको सम्भावना

      काठमाडौं। आज आइतबार बिहानैद�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari