Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

11/Jun/2026
नेपालबाट सुरु भएको ग्लोकल टिन हिरो अब दक्षिण एसियाली स्तरमा

काठमाडौं । युवा नेतृत्व विकास तथा सामाजिक परिवर्तनमा योगदान पुर्‍याइरहेका किशोरकिशोरीहरूको पहिचान र सम्मान गर्ने प्रतिष्ठित कार्यक्रम ‘ग्लोकल टिन हिरो’ अब दक्षिण एसियाभर विस्तार हुने भएको...

छ। गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो साउथ एसिया २०२६’ संस्करणमार्फत दक्षिण एसियाका विभिन्न देशका युवा परिवर्तनकर्ताहरूलाई एउटै मञ्चमा ल्याउने तयारी गरिएको आयोजकले जनाएको छ।

आयोजक संस्था ग्लोकल प्रालिका अनुसार कार्यक्रमका लागि आवेदन आह्वान खुला गरिएको छ र इच्छुक किशोरकिशोरीहरूले आगामी जुलाई २५, २०२६ सम्म आवेदन दिन सक्नेछन्।

‘आजका नेताहरूलाई सशक्त बनाऔं’ भन्ने नारासहित सञ्चालन हुने यस कार्यक्रमले नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका प्रतिभाशाली किशोरकिशोरीहरूको नेतृत्व क्षमता, सिर्जनशीलता र सामाजिक प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमअन्तर्गत सहभागी देशहरूबाट उत्कृष्ट किशोरकिशोरीहरू छनोट गरी राष्ट्रिय स्तरमा ‘नेशनल ग्लोकल टिन हिरो’ घोषणा गरिनेछ। त्यसपछि राष्ट्रिय विजेताहरूबीच प्रतिस्पर्धा गराई एक जनालाई ‘साउथ एसियन ग्लोकल टिन हिरो’ उपाधि प्रदान गरिने आयोजकले जनाएको छ।

काठमाडौं उपत्यकाबाट सन् २०१५ मा सुरु भएको ग्लोकल टिन हिरो कार्यक्रम किशोरकिशोरीहरूको नेतृत्व, नवप्रवर्तन र सामाजिक योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ। कार्यक्रमले शैक्षिक उपलब्धिसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याइरहेका युवाहरूलाई सम्मान गर्दै आएको छ।

पछिल्ला ११ वर्षमा कार्यक्रम नेपालबाट विस्तार हुँदै भारत, श्रीलंका र बंगलादेशसम्म पुगेको छ। सन् २०२६ मा भने यसले दक्षिण एसियाका पाँच राष्ट्रलाई समेट्दै क्षेत्रीय स्वरूप ग्रहण गरेको छ।

ग्लोकल टिन हिरो साउथ एसिया २०२६ विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा सञ्चालन हुँदैछ। शीर्षक साझेदारका रूपमा गोल्छा ग्रुप रहेको छ भने रणनीतिक साझेदारहरूमा काठमाडौंस्थित भारतीय दूतावास, यूएनएफपीए (UNFPA), प्लान इन्टरनेशनल, काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स दूतावास तथा कोइका (KOICA) रहेका छन्। एम्बार्क कलेज शैक्षिक साझेदारका रूपमा आबद्ध छ।

यस्तै, होन्डा, कोका–कोला, पञ्चकन्या, केएफसी, टोयोटा, बायोस्फेयर ग्लोबल, नबिल बैंक, न्युट्रिप्लस, कान्तिपुर, द काठमाडौं पोस्ट तथा यती एयरलाइन्सलगायत संस्थाहरूले कार्यक्रमलाई विभिन्न रूपमा सहयोग गरिरहेका छन्।

आयोजकका अनुसार आवेदन प्राप्त भएपछि सहभागीहरूको उपलब्धि, नेतृत्व क्षमता, सामाजिक प्रभाव तथा समग्र प्रोफाइलको मूल्याङ्कन गरिनेछ। त्यसपछि ‘टप २० अन्डर २०’ सूची सार्वजनिक गरी उत्कृष्ट प्रतिस्पर्धीहरूलाई अन्तिम चरणका लागि छनोट गरिनेछ।

फाइनलिस्टहरूको मूल्याङ्कन प्रतिष्ठित निर्णायक मण्डलद्वारा नवप्रवर्तन, नेतृत्व क्षमता, सामाजिक प्रभाव तथा परिवर्तनकारी योगदानका आधारमा गरिनेछ।

आयोजकले दक्षिण एसियाको ठूलो युवा जनसंख्यालाई सकारात्मक नेतृत्वतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रमलाई क्षेत्रीय स्तरमा विस्तार गरिएको जनाएको छ। कार्यक्रम केवल प्रतियोगिता नभई भविष्यका नेतृत्वकर्ताहरूको पहिचान, सम्मान र सशक्तीकरण गर्ने अभियान भएको आयोजकको भनाइ छ।

Share 27 नेपालबाट सुरु भएको ग्लोकल टिन हिरो अब दक्षिण एसियाली स्तरमा
  • Share
      नेपालबाट सुरु भएको ग्लोकल टिन हिरो अब दक्षिण एसियाली स्तरमा
      नेपालबाट सुरु भएको ग्लोकल टिन हिरो अब दक्षिण एसियाली स्तरमा

      काठमाडौं । युवा नेतृत्व विका�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar