Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

17/Jun/2025
असार २ गते देखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले असार २ गते देखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ। बैंकले सावर्जनिक सूचना जारी गर्दै, सोमबारदेखि १० रुपैयाँ दरका नयाँ...

नोट प्रचलनमा ल्याएको जनाएको हो।

“साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि, ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० (रुपैयाँ दश) तुरुन्त पाइने छ।” भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याउन ल्याइएको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ।

नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। नोटका तल्लो भागको बोर्डरमा नोटको क्रम नम्बर नेपालीमा वि.स. २०८१ लिखिएको हुनेछ।

त्यसैगरी, नोटको पृष्ठ भागमा भने नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुनेछ।

मध्य भागमा कृष्णसारको चित्र रहेको हुनेछ, तल्लो भागको बोर्डरमा अंग्रेजीमा दश रुपैयाँ लेखिएको हुनेछ। नोटको तल्लो भागको बोर्डरमा नोटको क्रम सङ्ख्या अंग्रेजीमा सन् २०२४ मा लेखिएको हुनेछ।

Share 3 असार २ गते देखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
  • Share
      असार २ गते देखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
      असार २ गते देखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

      काठमाडौँ। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka