Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

15/May/2026
दशौं पोखरा स्पोट्र्स अवार्ड प्रदीप र नारायणीलाई

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं पोखरा स्पोट्र्स अवार्ड प्रदीप खड्का र नारायणी भण्डारीले जितेका छन् ।

पोखरामा बिहिबार आयोजित एक समारोहमा उनीहरुलाई...

अवार्ड प्रदान गरिएको हो । टेनिसका प्रदीपले पुरुषतर्फ र नारायणीले महिलातर्फको उपाधि जितेका हुन् ।

प्रदीपले भलिबलका सञ्जुविक्रम शाह, जुडोका विक्रम टि खत्रीलाई पछि पार्दै अवार्ड जिते । प्रदीपले यो दोस्रो पटक जितेका हुन् । यस्तै नारायणीले आर्चारीकी मोनिका राना र जुडोकी मनिषा तामाङलाई पछि पार्दै उपाधि जितिन् । उनीहरुले इलेक्ट्रिक स्कुटर हात पारेका छन् ।

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन टिका बहादुर बोगटीलाई प्रदान गरिएको छ भने पिपुल्स च्वाइस अवार्ड भलिबलका राजन दर्लामीले हासिल गरेका छन् । उनले स्कुटर हात पारेका छन् । बोगटीलाई चाँदीको करुवा र ताम्रपत्रबाट सम्मान गरिएको हो ।

उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी निभा राईले प्राप्त गरिन् भने उत्कृष्ट प्रशिक्षक अवार्डबाट एथ्लेटिक्सका सिद्धान्त अधिकारी सम्मानित भए ।

यस्तै उत्कृष्ट खेलसंघबाट कास्की जिल्ला क्रिकेट संघ, स्पेशल अवार्ड क्रिकेटकी सुस्मा तामाङ र वर्ष उत्कृष्ट खेल पत्रकार पुरस्कार दिननाथ बरालले प्राप्त गरेका छन् ।

मञ्चले ९ विधामा अवार्ड प्रदान गरिएको थियो ।

Share 5 दशौं पोखरा स्पोट्र्स अवार्ड प्रदीप र नारायणीलाई
  • Share
      दशौं पोखरा स्पोट्र्स अवार्ड प्रदीप र नारायणीलाई
      दशौं पोखरा स्पोट्र्स अवार्ड प्रदीप र नारायणीलाई

      पोखरा ।  नेपाल खेलकुद पत्रक�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird