Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

23/Jun/2025
देशभर मनसुन सक्रिय : भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिमबारे सतर्कता

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमको अवस्था छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि...

मध्यम वर्षा भइरहेको छ। यस वर्षको मनसुन प्रणाली २०८२ असार ६ गतेका दिन देशभर फैलिसकेको छ, जसले गर्दा वर्षा क्रमशः तीव्र हुने सम्भावना छ।

नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टासम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका केही स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशका उच्च–पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना पनि रहेको छ।

मौसमविद्हरूले वर्षाका कारण नदीहरूको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी तथा पहिरो जस्ता विपद् आउन सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेका छन्। साथै, जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अतिरिक्त सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Share 7 देशभर मनसुन सक्रिय : भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिमबारे सतर्कता
  • Share
      देशभर मनसुन सक्रिय : भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिमबारे सतर्कता
      देशभर मनसुन सक्रिय : भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिमबारे सतर्कता

      काठमाडौं । हाल देशभर आंशिकदे�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird