Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
सगरमाथा आरोहीहरूको ऐतिहासिक भेला: एभरेस्ट समिटियर्स समिट २०२५ मा १६ देशका १७७ भन्दा बढी सहभागी

काठमाडौं। सगरमाथा आरोहण गरिसकेका विश्वभरका पर्वतारोहीहरू पहिलोपटक एउटै मञ्चमा जम्मा हुने ऐतिहासिक कार्यक्रम “एभरेस्ट समिटियर्स समिट २०२५” मा १६ देशका १७७ भन्दा बढी अनुभवी आरोहीहरूको सहभागिता...

सुनिश्चित भएको छ। एभरेस्ट एलायन्स नेपाल द्वारा आयोजित यो भव्य सम्मेलनले नेपाललाई सुरक्षित र दिगो पर्वतारोहण गन्तव्यको रूपमा विश्वमा चिनाउने महत्त्वपूर्ण प्रयासको रूपमा हेरिएको छ।

उक्त सम्मेलनमा भारत, अमेरिका, चीन, अष्ट्रेलिया, बेलायत, नर्वे, मोरक्को, यूएई, सिङ्गापुर, इरान लगायतका मुलुकका प्रसिद्ध आरोहीहरूको सहभागिता रहनेछ। सम्मेलनको प्रमुख उद्देश्य आरोहण अनुभूति, वातावरण संरक्षण, जलवायु संकट, महिला सहभागिता र नवीनतम प्रविधिबारे अन्तरक्रिया तथा साझा सिकाइको अवसर प्रदान गर्नु हो।

समिटको विशेष आकर्षणमा सन् १९५३ मा सर एडमण्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका जीवित किंवदन्ती श्री कान्छा शेर्पालाई “लाइफटाइम एचिभमेन्ट अवार्ड” द्वारा सम्मान गर्ने कार्यक्रम रहेको छ। यसैगरी ICIMOD, IUCN, WWF, ZSL, NTNC जस्ता संस्थाहरूको सहभागिता रहने प्यानल छलफलमा वातावरणीय संरक्षण र उत्तरदायी पर्यटनबारे विशेष सन्देश प्रवाह गरिनेछ।

साँस्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, पर्वतीय जीवनशैली झल्काउने कार्की प्रदर्शनी, हिमाली हस्तकला तथा उपकरणहरू प्रदर्शनी, र स्थानीय उत्पादनको प्रवर्द्धनसमेत गरिने कार्यक्रममा नाम्चे, खुम्बु, कास्की, म्याग्दी लगायतका हिमाली क्षेत्रहरूको सहभागिता हुनेछ।

एभरेस्ट समिटियर्स समिट २०२५ ले केवल अनुभव साटासाट होइन, नेपालमा बढ्दो पर्यावरणीय संकटप्रति अन्तर्राष्ट्रिय सहकार्य र सचेतना अभिवृद्धि गर्ने दिशामा सशक्त सन्देश दिनेछ।

यो सम्मेलन "सपना, संघर्ष र सफलताको संगम" बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Share 19 सगरमाथा आरोहीहरूको ऐतिहासिक भेला: एभरेस्ट समिटियर्स समिट २०२५ मा १६ देशका १७७ भन्दा बढी सहभागी
  • Share
      सगरमाथा आरोहीहरूको ऐतिहासिक भेला: एभरेस्ट समिटियर्स समिट २०२५ मा १६ देशका १७७ भन्दा बढी सहभागी
      सगरमाथा आरोहीहरूको ऐतिहासिक भेला: एभरेस्ट समिटियर्स समिट २०२५ मा १६ देशका १७७ भन्दा बढी सहभागी

      काठमाडौं। सगरमाथा आरोहण गरि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
  • Share
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
  • Share
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
  • Share
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
  • Share
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka