Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

04/May/2026
राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित

बिर्तामोड (झापा)। नेपाल पत्रकार महासंघ झापा शाखाले तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय अग्रज पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) झापाका अध्यक्ष नेत्रविक्रम बिमलीलाई विशेष...

सम्मान गरेको छ। महासंघको वार्षिक साधारणसभाका अवसरमा सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा बिमलीलाई उनको दीर्घकालीन पत्रकारिता र विशिष्ट मानवीय सेवाको कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको हो।

​विगत ३० वर्षभन्दा बढी समयदेखि झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील बिमलीले विशेष गरी ग्रामीण भेगका ओझेलमा परेका मुद्दाहरूलाई राष्ट्रिय तहसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। ग्रामीण प्रेस क्लब झापाका समेत अध्यक्ष रहेका उनी नेपाल पत्रकार महासंघ झापाका सदस्यका रूपमा पनि उत्तिकै सक्रिय छन्। उनले सत्य, न्याय र नागरिकको सूचनाको हक सुनिश्चित गर्न निरन्तर निर्भीक पत्रकारिता गर्दै आएका छन्।

​पत्रकारितासँगै बिमली मानवीय सेवा र सामाजिक कार्यमा पनि अग्रणी मानिन्छन्। उनले हालसम्म १२१ पटक स्वयंसेवी रक्तदान गरिसकेका छन्, जसलाई समाजले ठूलो मानवीय सेवाका रूपमा लिने गरेको छ। नेपाल रेडक्रस सोसाइटी, नेपाल स्वयंसेवी रक्तदाता समाज तथा अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसोसिएसनजस्ता संस्थाहरूसँग आबद्ध रहँदै उनले पुर्‍याएको यो अतुलनीय योगदानलाई महासंघले नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा उल्लेख गरेको छ।

​कार्यक्रममा महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष दीपक आचार्य र झापा शाखाका अध्यक्ष एकराज गिरीले बिमलीलाई सम्मान–पत्र हस्तान्तरण गरेका थिए। सम्मान–पत्रमा बिमलीले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन तथा जनहित प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिएको छ।

Share 6 राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित
  • Share
      राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित
      राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित

      बिर्तामोड (झापा)। नेपाल पत्रक

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird