Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

06/Nov/2025
डब्ल्यूटीएम लण्डन २०२५ : नेपालको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटन विश्वमञ्चमा चम्कियो, पर्यटकहरूलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । विश्वकै प्रतिष्ठित पर्यटन मेला वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालले आफ्नो प्राकृतिक वैभव, सांस्कृतिक धरोहर र साहसिक पर्यटनका अनुपम सम्भावनाहरू उजागर गरेको...

छ। नोभेम्बर ४ देखि लण्डनको एक्सेल सेन्टरमा भइरहेको यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको बाक्लो उपस्थिति छ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा २७ वटा नेपाली पर्यटन कम्पनीहरू – टुर अपरेटर, होटल व्यवसायी, एयरलाइन्स प्रतिनिधि, संरक्षण साझेदार र सामुदायिक पर्यटन उद्यमहरू – सहभागी भएका छन्। नेपालले यो मञ्चमार्फत आफ्नो सांस्कृतिक सम्पदा, हिमाली साहसिकता, बौद्ध तथा आध्यात्मिक यात्रा, ग्रामीण पर्यटन अनुभव र वन्यजन्तु संरक्षणका सफल कथाहरू प्रस्तुत गर्दै विश्व बजारमा 'लाइफटाइम एक्सपेरियन्स डेस्टिनेशन' को रूपमा आफूलाई पुनर्स्थापित गर्ने लक्ष्य राखेको छ।

प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले गरेका छन्। समग्र समन्वय र अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियानको जिम्मेवारी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले सम्हालेका छन्। अध्यक्ष मैनालीले मेलामा बोल्दै भने, “नेपाल सुरक्षित, आकर्षक र विविध अनुभवहरूले भरिपूर्ण गन्तव्य हो। डब्ल्यूटीएम जस्तो विश्वस्तरीय मञ्चमा हाम्रो सहभागिताले नेपालको पर्यटन पहिचानलाई मजबुत बनाउने छ।”

उनले जिम्मेवार पर्यटनलाई नेपालको मूल आधार मानेको उल्लेख गर्दै थपे, “नयाँ सुरक्षा प्रोटोकल, वातावरणमैत्री नीतिहरू र समुदाय-आधारित संरक्षण कार्यक्रमहरू मार्फत प्रत्येक पर्यटकलाई स्थानीय समुदाय र प्रकृतिप्रति सकारात्मक योगदान दिन प्रेरित गर्छौं। विश्व पर्यटन बजारका परिवर्तनशील प्रवृत्तिहरू सम्बोधन गर्दै नेपालले आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउनेछ।”

यसैगरी, सीईओ जोशीले नेपाललाई 'लाइफटाइम एक्सपेरियन्स डेस्टिनेशन' को रूपमा विश्वमा स्थापित गर्ने उद्देश्य रहेको बताए। “डब्ल्यूटीएममा हाम्रो सहभागिताले पर्यटक आगमन वृद्धि, अन्तर्राष्ट्रिय साझेदारी विस्तार र पर्यटन अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने। जोशीले विश्वका यात्रुहरूलाई नेपाल भ्रमणको निम्तो दिँदै थपे, “यहाँ हिमालको विशालता, जीवन्त संस्कृति, अद्भुत वन्यजन्तु र समर्पित समुदायहरू एकै ठाउँमा भेटिन्छन्। नेपालको पुनरुत्थान सशक्त छ, संरक्षणप्रतिको प्रतिबद्धता अटल छ र यो गन्तव्य पर्यटकहरूका लागि पूर्ण रूपमा खुला भइसकेको छ।”

नेपाल पविलियन : प्रकृति, संस्कृति र संरक्षणको मिलनस्थल

डब्ल्यूटीएममा नेपालको पविलियन (स्टल नम्बर एन-१२-५११) ले “जहाँ प्रकृति, संस्कृति र संरक्षणको मिलन हुन्छ” भन्ने नारासहित विविध आकर्षणहरू प्रदर्शन गरेको छ। यहाँ हिमाली दृश्यहरू, सांस्कृतिक सम्पदा, धार्मिक तथा आध्यात्मिक स्थलहरू, साहसिक गतिविधिहरू (जस्तै ट्रेकिङ र राफ्टिङ), ग्रामीण पर्यटन मोडेल, वेलनेस तथा ध्यान यात्रा र वन्यजन्तु संरक्षणका सफल कथाहरूको दृश्यात्मक तथा अन्तरक्रियात्मक प्रस्तुति भइरहेको छ।

आगन्तुकहरूले प्रत्यक्ष रूपमा नेपालका हिमाली गन्तव्यहरू, सामुदायिक पर्यटनका पहलहरू र स्थानीय समुदायको संरक्षण सहभागिताबारे जानकारि लिन सक्छन्। यसबाहेक, बीटुबी (व्यापारिक भेटघाट) सत्रहरू, नेटवर्किङ कार्यक्रमहरू र अन्तर्राष्ट्रिय मिडिया तथा ट्राभल पार्टनरहरूसँग सहकार्यका अवसरहरू पनि उपलब्ध छन्।

यो सहभागिताले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। पर्यटन बोर्डका अनुसार, डब्ल्यूटीएममार्फत नेपालले विश्वका लाखौं सम्भावित पर्यटकहरूलाई आकर्षित गर्दै पर्यटन राजस्व वृद्धिका लागि ठूलो योगदान पुर्‍याउनेछ।

Share 5 डब्ल्यूटीएम लण्डन २०२५ : नेपालको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटन विश्वमञ्चमा चम्कियो, पर्यटकहरूलाई नेपाल भ्रमणको निम्तो
  • Share
      डब्ल्यूटीएम लण्डन २०२५ : नेपालको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटन विश्वमञ्चमा चम्कियो, पर्यटकहरूलाई नेपाल भ्रमणको निम्तो
      डब्ल्यूटीएम लण्डन २०२५ : नेपालको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटन विश्वमञ्चमा चम्कियो, पर्यटकहरूलाई नेपाल भ्रमणको निम्तो

      काठमाडौँ । विश्वकै प्रतिष्ठ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka