Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

16/Jul/2025
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम...

पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Share 4 आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • Share
      आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
      आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौँ। हाल मनसुनको न्यून�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka