Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

26/Jun/2025
मिस नेपाल २०२५ को आवेदन खुला: चार शीर्ष उपाधिका लागि असार २६ सम्म आवेदन, फिनाले भदौ १४ मा

काठमाडौं। नेपालकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ को लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था दि हिडेन ट्रेजरले मंगलबार काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममार्फत...

देश तथा विदेशमा रहेका इच्छुक नेपाली युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको हो।

यस वर्षको मिस नेपाल प्रतियोगितामा चार प्रमुख उपाधिका विजेता चयन गरिनेछन् – मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो। नेपालले मिस कोस्मो इन्टरनेशनलमा पहिलोपटक सहभागिता जनाउने भएको छ, जसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय रुपमा थप व्यापक बनाएको आयोजकको भनाइ छ।

प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ १४ गते (२०२५ अगस्ट ३०) मा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टर मा आयोजना गरिनेछ। कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी दिएको छ।

मिस नेपाल बन्ने मापदण्ड

मिस नेपाल बन्न इच्छुक युवतीहरूको उमेर १८ देखि २७ वर्ष र न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनु अनिवार्य छ। साथै, नेपाली नागरिकता भएको हुनुपर्छ। आवेदन निःशुल्क राखिएको छ भने अन्तिम अडिसन असार २८ गते (जुलाई १२) काठमाडौंमा हुनेछ।

मिस नेपालको अन्तर्राष्ट्रिय उपस्थिति

यसअघि मिस नेपाल विजेताहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई उत्कृष्ट रुपमा प्रतिनिधित्व गर्दै आएका छन्। मिस नेपाल इन्टरनेशनल २०२४ करुणा रावत, मिस नेपाल अर्थ २०२४ सुमना केसी र मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधानले जापान, फिलिपिन्स र भारतमा भाग लिएर नेपाललाई विश्वमञ्चमा चिनाएका थिए।

विविध शहरमा अडिसन र अभियान

प्रतियोगिताको खोजी काठमाडौंसहित विर्तामोड, नेपालगञ्ज र जनकपुर जस्ता प्रमुख शहरहरूमा गरिनेछ। साथै, काठमाडौंका १० वटा कलेजहरूमा मिस नेपाल याक्टिभेसन च्याम्पियन पनि सञ्चालन गरिने दि हिडेन ट्रेजरले जनाएको छ।

Share 25 मिस नेपाल २०२५ को आवेदन खुला: चार शीर्ष उपाधिका लागि असार २६ सम्म आवेदन, फिनाले भदौ १४ मा
  • Share
      मिस नेपाल २०२५ को आवेदन खुला: चार शीर्ष उपाधिका लागि असार २६ सम्म आवेदन, फिनाले भदौ १४ मा
      मिस नेपाल २०२५ को आवेदन खुला: चार शीर्ष उपाधिका लागि असार २६ सम्म आवेदन, फिनाले भदौ १४ मा

      काठमाडौं। नेपालकै सबैभन्दा �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar