Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

28/May/2025
एभरेस्ट समिटियर्स समिट २०२५’ मा मन्त्री पाण्डेद्वारा हिमाल संरक्षणको आह्वान

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभएको छ। हिजो मंगलबार काठमाडौंमा आयोजित ‘अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५’...

को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले हिमाली संस्कृतिको जगेर्ना र भावी पुस्ताका लागि हिमालको सुरक्षा अपरिहार्य रहेको बताउनुभयो।

मन्त्री पाण्डेले सगरमाथा केवल एक हिमाल नभई नेपालको सांस्कृतिक र प्राकृतिक पहिचानको प्रतीक भएको उल्लेख गर्नुभयो। “हामी यहाँ सगरमाथा आरोहीहरूको साहस र समर्पणको कदर गर्न मात्र होइन, उनीहरूको योगदानबाट प्रेरणा लिन पनि उपस्थित छौं,” उहाँले भन्नुभयो। उहाँले शेर्पा समुदाय, पथप्रदर्शक, उद्धारकर्मी, र हिमाली क्षेत्रमा खटिने सबैलाई विशेष धन्यवाद दिनुभयो।

नेपाल सरकारले पर्वतारोहणलाई सुरक्षित र दिगो बनाउन पूर्वाधार विकास, तालिम, र वातावरण संरक्षणमा जोड दिएको मन्त्री पाण्डेले बताउनुभयो। “हिमालहरू हाम्रो सभ्यता र सहअस्तित्वको सेतु हुन्। यिनको संरक्षण हाम्रो साझा जिम्मेवारी हो,” उहाँले जोड दिनुभयो। जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिका कारण हिमालहरू खतरामा परेको उल्लेख गर्दै उहाँले संरक्षणमा सावधानी र जिम्मेवारीपूर्ण कदम चाल्नुपर्ने बताउनुभयो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथासहितका हिमालहरूले नेपाललाई साहसिक पर्यटनको विश्वव्यापी गन्तव्यका रूपमा स्थापित गरेको बताउनुभयो। सगरमाथा आरोही संघका अध्यक्ष डम्बर पराजुलीले यो समिटले विश्वभरका आरोहीहरूको सम्मान र प्रेरणा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

एभरेस्ट एलायन्स नेपालद्वारा आयोजित यो पहिलो अन्तरराष्ट्रिय समिटमा २५ देशका ३०० भन्दा बढी पर्वतारोही सहभागी थिए। भारत, चीन, अमेरिका, बेलायत, इटाली, नर्वे, सिंगापुर, अस्ट्रेलिया, र अन्य देशका प्रतिनिधिहरूले समिटमा भाग लिए। आयोजकका अनुसार, समिटले दिगो पर्यटन, हिमाली वातावरण संरक्षण, र स्थानीय समुदायको उत्थानका लागि छलफलको मञ्च प्रदान गरेको छ।

कार्यक्रममा सन् १९५३ मा सर एडमन्ड हिलारीसँगै सगरमाथा आरोहण गर्ने कान्छा शेर्पालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो। साथै, कीर्तिमानी आरोही मिङ्मा शेर्पा र हरिबहादुर बुढालाई पनि सम्मानित गरिएको थियो।

‘सगरमाथा हाम्रो गौरव र जिम्मेवारी’ भन्ने नारासहित यो समिटले हिमालको पर्यावरणीय संकट, जिम्मेवार पर्वतारोहण, र अन्तरराष्ट्रिय सहकार्यको आवश्यकतामा ध्यान केन्द्रित गरेको छ। आयोजकले यो समिटले नेपाललाई दिगो र सुरक्षित पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Share 3 एभरेस्ट समिटियर्स समिट २०२५’ मा मन्त्री पाण्डेद्वारा हिमाल संरक्षणको आह्वान
  • Share
      एभरेस्ट समिटियर्स समिट २०२५’ मा मन्त्री पाण्डेद्वारा हिमाल संरक्षणको आह्वान
      एभरेस्ट समिटियर्स समिट २०२५’ मा मन्त्री पाण्डेद्वारा हिमाल संरक्षणको आह्वान

      काठमाडौं। संस्कृति, पर्यटन त�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird