Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

29/Oct/2025
चक्रवात 'मोन्था' को प्रभाव: मधेश र कोशीमा भारी वर्षा, बागमतीमा हिमपातको चेतावनी!

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था' ले मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ र तत्पश्चात् कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशातर्फ सर्दै मिति...

२०८२/०७/१३ बिहिबार दिउँसो देखि २०८२/०७/१५ शनिबार बिहानसम्म नेपालको मध्य भू-भागलाई प्रभावित गर्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार, यो प्रणालीले बागमती, गण्डकी, मधेश र कोशी प्रदेशको मौसममा परिवर्तन ल्याउने देखिएको छ, जसमा मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने बागमती प्रदेशका केही स्थानहरूमा पनि मध्यम वर्षा हुन सक्छ। यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा पनि प्रभाव पर्ने भएकाले कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातको सम्भावना छ भने गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात हुन सक्छ। यस अवधिमा बागमती, कमला, कोशी र कंकाई नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्ने सम्भावना छ। विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका स-साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने जोखिम उच्च रहेको छ।

विभागले यो प्रणालीको नियमित अनुगमन र विश्लेषण गर्दै उल्लेख्य वर्षा वा हिमपातले नदीनाला आकस्मिक बहाव, पहिरो लगायतका जोखिम उत्पन्न गर्न सक्ने तथा दैनिक जनजीवन, सडक–हवाई यातायात, कृषि र पर्यटनमा प्रभाव पार्न सक्ने बताएको छ। सम्बन्धित निकाय र सर्वसाधारणलाई विभागको वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री सेवा (११५५) वा एसएमएसबाट अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यो चेतावनीले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Share 3 चक्रवात 'मोन्था' को प्रभाव: मधेश र कोशीमा भारी वर्षा, बागमतीमा हिमपातको चेतावनी!
  • Share
      चक्रवात 'मोन्था' को प्रभाव: मधेश र कोशीमा भारी वर्षा, बागमतीमा हिमपातको चेतावनी!
      चक्रवात 'मोन्था' को प्रभाव: मधेश र कोशीमा भारी वर्षा, बागमतीमा हिमपातको चेतावनी!

      काठमाडौं। बंगालको खाडीमा वि�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird