Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

18/Aug/2025
कोशी, बागमती र लुम्बिनीमा मध्यम देखी भारी वर्षाको सम्भावना

काठमाडौं। नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले मनसुनको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको...

प्रवाह कायमै छ। हाल देशभर सामान्यतया बदलीको अवस्था छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा सामान्य बदलीसहित केही स्थानमा मध्यम वर्षा, पहाडी क्षेत्रमा सामान्य बदलीसहित केही स्थानमा मध्यमदेखि भारी वर्षा र तराई क्षेत्रमा सामान्य बदलीसहित केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। रातको समयमा हिमाली क्षेत्रमा सामान्य बदलीसहित थोरै स्थानमा मध्यम वर्षा, पहाडी क्षेत्रमा सामान्य बदलीसहित थोरै स्थानमा मध्यमदेखि भारी वर्षा र तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदलीसहित एक-दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी प्रदेशको तराई र पहाडी क्षेत्र, बागमती प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ।

Share 10 कोशी, बागमती र लुम्बिनीमा मध्यम देखी भारी वर्षाको सम्भावना
  • Share
      कोशी, बागमती र लुम्बिनीमा मध्यम देखी भारी वर्षाको सम्भावना
      कोशी, बागमती र लुम्बिनीमा मध्यम देखी भारी वर्षाको सम्भावना

      काठमाडौं। नेपालमा मनसुनको न�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar