ArthaDrishti.com
30/May/2026
काभा महिला भलिबल राष्ट्र लिग : काजाखस्तानलाई हराउँदै इरान च्याम्पियन
काठमाडौं । काभा महिला भलिबल राष्ट्र लिग २०२६ को उपाधि इरानले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल खेलमा काजाखस्तानलाई ३–१ सेटले पराजित गर्दै...
इरान च्याम्पियन बनेको हो।
खेलको पहिलो सेट इरानले २५–१८ ले आफ्नो पक्षमा पार्दै अग्रता बनाएको थियो। दोस्रो सेटमा काजाखस्तानले उत्कृष्ट पुनरागमन गर्दै २५–१९ को जित निकालेर खेललाई बराबरीमा ल्यायो।
तर त्यसपछि इरानले खेलमा पुनः नियन्त्रण कायम गर्दै तेस्रो सेट २५–१५ ले सहजै जित्यो। चौथो सेटमा पनि इरानले २५–२१ को जित निकाल्दै उपाधिमाथि कब्जा जमायो।
लगातार प्रभावशाली प्रदर्शन गरेको इरानले प्रतियोगिताको फाइनलमा काजाखस्तानमाथि स्पष्ट दबाब कायम राख्दै काभा महिला भलिबल राष्ट्र लिग २०२६ को उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।