Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

22/Dec/2025
NEPAL WOOD, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२' सफलता पूर्वक सम्पन्न

काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि.ले संयुक्त रुपमा आयोजना गरेको इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ...

सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको एघारौं संस्करण 11th Nepal Wood International Expo तथा Nepal Interior & Furniture Expo पुष ६ गते आईतबार सम्पन्न भएको छ ।

शुक्रवार उद्घाटन गरिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टलहरु राखिएको थियो। फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सव डिलर र विक्रेताहरुले काठ व्यवसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउन र यस क्षेत्रका नयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ११ वर्ष देखी कोसेढुंगा सावित हुँदै आएको छ ।

प्रदर्शनीको सहयोगी संस्था नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, सामुदायिक वन उपभोगता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेश राज रेग्मी, नेपाल प्लाईउड उत्पादक संघका होम प्रसाद घिमिरे, र इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्तरुपमा शुक्रबार दिउँसो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यस एघारौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गरेको छ ।

प्रदर्शनी स्थलमा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका विज्ञहरु द्वारा विभिन्न शिर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम पनि आयोजना भएको थियो ।

यो प्रदर्शनीले नेपालको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाएको छ। यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ बस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भूमिका निर्वाह गरेको छ ।

घर तथा व्यवसायमा आवश्यक पर्ने सामानहरु हेर्न, बुझन, तथा खरिद गर्न ईच्छुक महानुभावहरुको आगमनले प्रदर्शनी स्थलमा तिनै दिन रौनक छायो। अवलोकनकर्ताहरुको यति बाक्लो उपस्थिति हेदां आयोजकहरुले नेपालमा काष्ठ सामाग्री, इंन्टेरियर-एक्स्टेरियर डिजाइन तथा मेशिनरी व्यवसायको माग र आपूर्ति विचको खाडल पूरा गर्नमा गरेको योगदान देख्न सकिन्छ । यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुऱ्याएको छ। प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक वाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको वाक्लो सहभागिता रहेको थियो ।

Share 3 NEPAL WOOD, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२' सफलता  पूर्वक सम्पन्न
  • Share
      NEPAL WOOD, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२' सफलता  पूर्वक सम्पन्न
      NEPAL WOOD, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२' सफलता पूर्वक सम्पन्न

      काठमाडौँ । मिडिया स्पेस सोलु�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari