Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

03/Nov/2025
कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै : नेपालको आईटी क्षेत्रलाई नयाँ उचाइ दिने ऐतिहासिक मञ्च

काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ललितपुरको सानेपा स्थित हैरिटेज गार्डनमा 'नास आईटी एक्सपो...

२०२५' आयोजना गर्ने भएको छ। यो पहिलो पटक आयोजना हुने एक्सपोले नेपालको आईटी तथा सफ्टवेयर क्षेत्रलाई स्थानीय प्रविधि र डिजिटल उद्यमशीलताको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एक्सपोमा ३० भन्दा बढी आईटी सेवा, सफ्टवेयर प्रडक्ट र सेवाहरूको प्रदर्शनी रहनेछ। कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल रुपान्तरण जस्ता नवीनतम प्रविधिमा केन्द्रित यो कार्यक्रमले आईटी कम्पनीहरू, उद्यमी, लगानीकर्ता, नीति निर्माता तथा सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारीहरूलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखेको छ। अवलोकन निःशुल्क हुने भएकाले सूचना प्रविधिमा रुचि राख्ने सबैलाई सहभागी हुन अपिल गरिएको छ।

नास आईटीका अध्यक्ष गौरव पाण्डेले आईतबार काठमाडौंमा आयोजित प्रेस मिटमा भने, "यो एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई सहकार्यको अवसर प्रदान गर्दै नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ। हामीले स्थानीय प्रविधिलाई प्रवर्द्धन गर्न यो पहिलो प्रयास गर्दैछौं।" उनले एक्सपोलाई परम्परागत प्रदर्शनीभन्दा फरक गरी व्यवसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणको गतिशील मञ्च बनाइएको उल्लेख गरे।

उपाध्यक्ष दीपेन चापागाईंले आईटी तथा व्यवसायिक समुदायबाट प्राप्त सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताउँदै भने, "सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने यो एक्सपो एक ऐतिहासिक माइलस्टोन बन्नेछ।" महासचिव एलिसा श्रेष्ठले एक्सपोलाई "नेपालका आईटी प्रतिभा र व्यवसायिक अवसरहरूको सेतु" को रूपमा वर्णन गर्दै, कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेशनमार्फत सोच प्रस्तुत गर्न सक्ने अवसर रहेको जानकारी दिइन्।

एक्सपो अवलोकनकर्तालाई विशेष अफरहरूको व्यवस्था गरिएको छ भने कम्पनीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्न पाउनेछन्। शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ, जसअनुसार 'टिगद्वारा प्रस्तुत नास आईटी एक्सपो २०२५' नामबाट कार्यक्रम सञ्चालन हुनेछ। सिल्भर प्रायोजकहरूमा इसेवा, र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड छन् भने दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेजको योगदान रहेको छ।

नास आईटीको परिचय

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनिज (नास आईटी) नेपालका आईटी कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैर-नाफामुखी संस्था हो। यसले प्रविधि नवप्रवर्तनलाई प्रोत्साहन गर्दै बजार सम्पर्क सुदृढ पार्ने र नेपाललाई वैश्विक प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

यो एक्सपोले नेपालको डिजिटल अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। थप जानकारीका लागि नास आईटीको आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालहरूमा सम्पर्क गर्न सकिन्छ।

Share 4 कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै : नेपालको आईटी क्षेत्रलाई नयाँ उचाइ दिने ऐतिहासिक मञ्च
  • Share
      कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै : नेपालको आईटी क्षेत्रलाई नयाँ उचाइ दिने ऐतिहासिक मञ्च
      कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै : नेपालको आईटी क्षेत्रलाई नयाँ उचाइ दिने ऐतिहासिक मञ्च

      काठमाडौं। नेपाल एसोसिएसन फर �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar