Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

17/May/2025
आइडाले निम्त्यायो अजरबैजानलाई जलविद्युतमा लगानी गर्न

काठमाडौं। एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (आइडा) का संस्थापक सुनील केसीले जलवायु सम्बन्धी विषयमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिको प्रतिनिधि तथा COP29 का अध्यक्ष मुक्तार बाबायेभलाई...

नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन्।

अजरबैजानबाट बाबायेभको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा, केसीले दुवै मुलुकबीच आर्थिक सम्बन्ध विस्तार गर्न आग्रह गर्दै यसबाट दुबै मुलुकलाई फाइदा हुने पनि उल्लेख गरे।

भेटघाटका क्रममा नेपालको कृषिमा आस्रित अर्थतन्त्रलाई सघाउन मल आयात गर्ने बारेमा पनि छलफल भएको थियो। केसीले अजरबैजानबाट नेपाललाई आवश्यक पर्ने मल सिधै आयात गर्ने सम्भावनाबारे पनि छलफल गरेका थिए।

केसीले नेपालको हरित ऊर्जामा भएको विकासलाई जोड दिँदै अजरबैजानी उच्च प्रतिनिधिलाई नेपाली जलविद्युत विज्ञहरूलाई अतिथिका रूपमा आमन्त्रण गर्न र ज्ञान आदानप्रदान गर्न सुझाव पनि दिए।

यसमा प्रतिक्रिया दिँदै बाबायेभले भने, “अजरबैजानले सन् २०२७ सम्ममा आफ्नो कुल विद्युत आवश्यकताको ३० प्रतिशत जलविद्युत, सौर्य र हावा जस्ता नवीकरणीय उर्जा स्रोतबाट आपूर्ति गर्ने लक्ष्य राखेको छ, र यसमा नेपालको विशेषज्ञता उपयोगी हुन सक्छ।”

बाबायेभले नविकरणीय ऊर्जालाई राष्ट्रिय एजेन्डा बनाउने अजरबैजानको नीतिबारे पनि जानकारी गराए र नविकरणीय ऊर्जातर्फको संक्रमणलाई अजरबैजान प्राथमिकता दिइएको पनि उनले जानकारी दिए।

“सबै सम्बन्धको आधार राम्रो व्यापारिक सम्बन्ध हो,” बाबायेभले बताए, “जति व्यापार र आर्थिक सम्बन्ध बढ्छ, उति नै द्विपक्षीय सम्बन्ध बलियो हुन्छ। त्यसैले, नेपाल सरकारका अधिकारीबाहेक निजी क्षेत्र र व्यवसायीहरूसँग भेटेर म खुशी छु।”

नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादको अवसरमा भएको उक्त भेटमा दुई देशबीच व्यापार तथा व्यवसायका विभिन्न सम्भावना र आइडासँगको भविष्यको सहकार्यबारेमा पनि छलफल भएको थियो। साथै, भेटमा नेपाल र अजरबैजानबिच ऊर्जा पूर्वाधार, जलविद्युत् र पर्यटन प्रबद्र्धनजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने प्रसस्त संभावनाका बारेमा पनि छलफल भएको थियो।

बाबायेभ सगरमाथा संवादको पहिलो संस्करणमा प्रमुख वक्ताका रूपमा नेपाल आएका हुन्। उनले शुक्रबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन भएको कार्यक्रममा उद्घाटन सत्रमा आफ्नो मन्तव्य दिएका थिए।

Share 3 आइडाले निम्त्यायो अजरबैजानलाई जलविद्युतमा लगानी गर्न
  • Share
      आइडाले निम्त्यायो अजरबैजानलाई जलविद्युतमा लगानी गर्न
      आइडाले निम्त्यायो अजरबैजानलाई जलविद्युतमा लगानी गर्न

      काठमाडौं। एशियन इन्स्टिच्यु

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird