ArthaDrishti.com
09/Jun/2026
फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको विशेष ‘टीभी प्याकेज’, प्रिमियम IPTV ग्राहकलाई बोनस सुविधा
काठमाडौं । आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाल टेलिकमले IPTV सेवाग्राहीका लागि विशेष ‘FIFA World Cup 2026 TV Package’ सार्वजनिक गरेको छ।
विश्वकै सबैभन्दा लोकप्रिय...
नेपाल टेलिकमका अनुसार NTTV ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालय स्पोर्ट्स च्यानल चयन गरेपछि छुट्टै इन्ट्री स्क्रिन प्राप्त गर्नेछन्। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि प्राप्त हुने OTP राख्नुपर्ने व्यवस्था गरिएको छ। OTP प्रमाणीकरण सम्पन्न भएपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ। साथै, नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रमार्फत पनि प्याकेज सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ।
यसैबीच, नेपाल टेलिकमले वार्षिक १०० Mbps वा सोभन्दा माथिको ‘Internet with Premium IPTV Package’ नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० Mbps भन्दा कम क्षमताको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूलाई विश्वकप प्याकेज बोनसस्वरूप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
कम्पनीका अनुसार जेठ २६ गतेदेखि साउन ३ गतेसम्म उक्त सुविधा लागू हुनेछ। बोनस प्याकेज प्राप्त गर्न ग्राहकहरूले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्नेछन्।
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय प्रविधि तथा खेलकुद मनोरञ्जन सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै थप जानकारीका लागि नजिकको ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।