Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

02/Jan/2026
नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ नेतृत्वका लागि सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्।

उम्मेदवारी दर्ताको अन्तिम...

म्याद बिहीबार दिउँसो १२ बजेसम्म तोकिएकोमा अध्यक्ष पदका लागि उप्रेतीको एक मात्र उम्मेदवारी दर्ता भएपछि उनी स्वतः निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यसअघि नाडाको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उप्रेती स्पेयर पार्टस् व्यवसायमा सक्रिय छन्।

नाडाको केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारीहरू पनि निर्विरोध हुने सम्भावना बलियो देखिएको छ। यद्यपि, केन्द्रीय सदस्य पदका लागि भने निर्वाचन हुने भएको छ। १७ सिटका लागि १८ जनाको उम्मेदवारी परेकाले एक जनालाई समायोजन गर्ने प्रयास जारी रहेको संस्थाले बताएको छ।

केन्द्रीय सदस्यहरूको अन्तिम निर्वाचन आगामी पुस २५ गते हुने कार्यक्रम रहेको छ। नाडाको नयाँ कार्यसमितिले अटोमोबाइल तथा स्पेयर पार्टस् व्यवसायको हित प्रवर्द्धनमा थप जोड दिने अपेक्षा गरिएको छ।

Share 5 नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
  • Share
      नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
      नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

      काठमाडौं । नेपालको अटोमोबाइ�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka