Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

29/May/2026
Fonepay QR मा UnionPay सेवा सुरु, अब विदेशी पर्यटकले नेपालभर डिजिटल भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीमा नयाँ उपलब्धि थपिएको छ । Fonepay नेटवर्कमा UnionPay International (UPI) को QR भुक्तानी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

...

यो सेवासँगै अब UnionPay कार्ड तथा वालेट प्रयोगकर्ताले नेपालभर रहेका Fonepay QR मर्चेन्टमा QR स्क्यान गरेर प्रत्यक्ष डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् ।

Fonepay का अनुसार UnionPay सेवा ‘लाइभ’ भएसँगै विशेषगरी चीनसहित विभिन्न देशबाट नेपाल आउने पर्यटकलाई नगदरहित भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको छ । होटल, रेस्टुरेन्ट, ट्राभल सेवा, खुद्रा व्यापार तथा पर्यटन क्षेत्रका व्यवसायले यसबाट प्रत्यक्ष लाभ लिन सक्ने बताइएको छ ।

हाल Fonepay नेटवर्कमा देशभर लाखौं QR मर्चेन्ट आबद्ध छन् । UnionPay नेटवर्क जोडिएसँगै नेपालमा cross-border digital payment प्रणाली थप विस्तार हुने विश्वास गरिएको छ ।

डिजिटल भुक्तानी क्षेत्रका जानकारहरूका अनुसार नेपालमा अन्तर्राष्ट्रिय QR payment विस्तार हुनु पर्यटन, खुद्रा व्यापार तथा डिजिटल अर्थतन्त्रका लागि सकारात्मक संकेत हो । विदेशी पर्यटकले आफ्नै देशको payment ecosystem प्रयोग गरेर नेपालमा सहज रूपमा कारोबार गर्न सक्ने वातावरण बन्नेछ ।

पछिल्ला वर्षहरूमा नेपालमा डिजिटल कारोबार तीव्र रूपमा विस्तार भइरहेको छ । Fonepay ले विभिन्न बैंक, वित्तीय संस्था तथा डिजिटल वालेटलाई एउटै interoperable QR नेटवर्कमार्फत जोड्दै आएको छ ।

यसअघि पनि नेपालमा सीमापार डिजिटल भुक्तानी विस्तारका लागि विभिन्न अन्तर्राष्ट्रिय payment network सँग सहकार्य हुँदै आएको थियो । UnionPay सेवा सञ्चालनमा आएपछि नेपालमा QR आधारित अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली थप सशक्त बन्ने अपेक्षा गरिएको छ ।

Share 13 Fonepay QR मा UnionPay सेवा सुरु, अब विदेशी पर्यटकले नेपालभर डिजिटल भुक्तानी गर्न सक्ने
  • Share
      Fonepay QR मा UnionPay सेवा सुरु, अब विदेशी पर्यटकले नेपालभर डिजिटल भुक्तानी गर्न सक्ने
      Fonepay QR मा UnionPay सेवा सुरु, अब विदेशी पर्यटकले नेपालभर डिजिटल भुक्तानी गर्न सक्ने

      काठमाडौं । नेपालको डिजिटल भु�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar