Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

12/Aug/2025
नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक: महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताउनु भएको छ ।

नेपालगञ्ज–दिल्ली सिधा हवाई...

उडानको सन्दर्भमा नेपाल उद्योग वाािणज्य संघ बांकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आज काठमाडौंमा आयोजित सर्वपक्षिय छलफल कार्यक्रममा बोल्दै उहाँले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान गर्न सके सो क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताउनु भयो ।

‘नेपालगन्ज पर्यटन, कृषि लगायतका क्षेत्रको लागि पर्याप्त सम्भावना भएको क्षेत्र हो । सिधा उडान हुन सके यसले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि महत्वपूर्ण योगदान दिन सक्छ । यहाँहरुको यो पहल र प्रयास प्रति महासंघ एक्यवद्धता जाहेर गर्दछ । ’ अध्यक्ष ढकालले भन्नु भयो ।

नेपालजञ्ज दिल्ली सिधा उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको बताउनु भयो । यस्तै अध्यक्ष ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणमा यो एजेण्डालाई प्राथमिकताका साथ उठाउन महासंघको तर्फबाट प्रधानमन्त्री समक्ष आग्रह गर्ने धारणा राख्नु भयो । उहाँले सबैको साझा प्रयासले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको सपना चाँडै साकार हुने विश्वास व्यक्त गर्दै सबैले आ आफ्तो तहबाट पहल गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा राज्यको ठूलो लगानी भइसकको अवस्थामा निर्माण भएका विमानस्थलहरुको प्रभावकारी सञ्चालन आवश्यक रहेको समेत बताउनु भयो ।

“नेपालगन्ज, जसलाई पश्चिम नेपालको प्रवेशद्वारको रूपमा चिनिन्छ । पूर्वाधार बनेको छ । बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज सहित लुम्बिनी जस्ता गन्तव्यहरूमा भारतीय पर्यटकहरूको लागि महत्वपूर्ण प्रवेश हुन सक्छ । सीमा क्षेत्र भएकाले कार्यक्रम र विवाह (इभेन्ट र वेडिङ) का लागि पनि यो क्षेत्रको व्यापक सम्भावना छ ।” उहाँले भन्नुभयो ।

उहाँले देशको आर्थिक विकासका लागि निजी क्षेत्रले ठूलो लगानी गरिसकेको उल्लेख गर्दै देशमा नै केही गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ काम गर्न सके यसबाट प्रतिफल प्राप्त गर्न सकिने धारणा राख्नु भयो ।

यस्तै उहाँले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न महासंघले नीतिगत सुधारको पहल गरेको र महासंघको पहलमा सरकारले ३० भन्दा बढि कानूनहरु संसोधन गरेको उल्लेख गर्नु भयो ।

देश विकासका लागि आन्तरिक र बाह्य पूँजी आवश्यक रहेपनि आन्तरिक पूँजीबाट पनि देशमा पूर्वाधार विकास गर्न सकिन्छ भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी खोलेर काम शुरु गरि सकिएको जानकारी दिनुभयो । कार्यक्रममा पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Share 3 नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक: महासंघ अध्यक्ष ढकाल
  • Share
      नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक: महासंघ अध्यक्ष ढकाल
      नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक: महासंघ अध्यक्ष ढकाल

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar