Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

02/Jun/2026
धनगढीमा सामाजिक सुरक्षा योजनाबारे प्रदेशस्तरीय परामर्शात्मक कार्यशाला सम्पन्न, श्रमिक आवद्धता र नीतिगत सुधारमा जोड

धनगढी । विद्यमान सामाजिक सुरक्षा योजनाहरू तथा अभ्यास सम्बन्धी प्रदेशस्तरीय सरोकारवालासँग परामर्शात्मक कार्यशाला कैलालीको धनगढीमा सम्पन्न भएको छ।

सशक्त महिला समृद्ध नेपालसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य...

महासंघ, काठमाडौं र सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको आयोजनामा तथा सामाजिक सुरक्षा कोष (एसएसएफ) को सहकार्यमा होटल फ्लोरामा आयोजित कार्यशालामा सामाजिक सुरक्षा प्रणालीको विस्तार, कार्यान्वयनका चुनौती तथा सुधारका उपायबारे व्यापक छलफल गरिएको थियो।

महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्प कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनार विशिष्ट अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रबल जंग पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले सहजीकरण गर्दै कोषको नीतिगत व्यवस्था, कानुनी आधार, सामाजिक सुरक्षा योजनाहरू, योगदान दर, दाबी भुक्तानी प्रणाली तथा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने रणनीतिबारे विस्तृत प्रस्तुति दिनुभयो।

उहाँले सामाजिक सुरक्षा कोषले सर्वव्यापी स्वास्थ्य पहुँच, योगदानमा आधारित पेन्सन प्रणाली तथा आन्तरिक पूँजी निर्माणमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

प्रमुख अतिथि प्रबल जंग पाण्डेले सामाजिक सुरक्षा प्रणालीलाई श्रमिकको भविष्य सुरक्षित गर्ने, रोजगारदाताको दायित्वलाई व्यवस्थित बनाउने तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले निजी क्षेत्र, श्रमिक र सरकारबीचको सहकार्यबाट सामाजिक सुरक्षा योजनाको दायरा अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि निर्प सुनारले सामाजिक सुरक्षा प्रणालीलाई समावेशी विकास, सामाजिक न्याय तथा श्रम क्षेत्रको औपचारिकीकरणसँग जोडेर हेर्नुपर्ने बताउँदै प्रदेश सरकारले सामाजिक सुरक्षा विस्तारका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, उद्योगी–व्यवसायी, श्रमिक संगठनका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार, अनौपचारिक क्षेत्रका श्रमिकको आवद्धता तथा जनचेतना अभिवृद्धिका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष पुष्प कुँवरले कार्यशालाबाट प्राप्त सुझावहरूलाई नीतिगत तहसम्म पुर्‍याई सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी, समावेशी र दिगो बनाउन महासंघले निरन्तर पहल गर्ने बताउनुभयो। उहाँले रोजगारदाता, श्रमिक र सरकारबीचको सहकार्यबाट मात्र सामाजिक सुरक्षा अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो।

महासंघका सहायक निर्देशक हरि पौडेलले कार्यशालाको उद्देश्यबारे जानकारी दिँदै सामाजिक सुरक्षा प्रणालीका विद्यमान व्यवस्था, कार्यान्वयनका चुनौती तथा अवसरबारे प्रदेशस्तरमा साझा बुझाइ विकास गर्ने, सामाजिक सुरक्षा कोषप्रति रोजगारदाता, श्रमिक तथा सरकारी निकायको सहभागिता अभिवृद्धि गर्ने तथा नीतिगत सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुका साथै औपचारिक श्रम बजार विस्तार र उत्पादनशील अर्थतन्त्र निर्माणमा समेत सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Share 191 धनगढीमा सामाजिक सुरक्षा योजनाबारे प्रदेशस्तरीय परामर्शात्मक कार्यशाला सम्पन्न, श्रमिक आवद्धता र नीतिगत सुधारमा जोड
  • Share
      धनगढीमा सामाजिक सुरक्षा योजनाबारे प्रदेशस्तरीय परामर्शात्मक कार्यशाला सम्पन्न, श्रमिक आवद्धता र नीतिगत सुधारमा जोड
      धनगढीमा सामाजिक सुरक्षा योजनाबारे प्रदेशस्तरीय परामर्शात्मक कार्यशाला सम्पन्न, श्रमिक आवद्धता र नीतिगत सुधारमा जोड

      धनगढी । विद्यमान सामाजिक सुर�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird