Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

19/Jun/2025
सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, असार २५ गते साधारणसभा बोलाउने

काठमाडौँ। सिम्रिक एयर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई बोनस सेयर वितरण र प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित आगामी असार २५ गते वार्षिक साधारणसभा बोलाएको छ।...

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव सभामा पेश गर्ने निर्णय गरेको हो।

सिम्रिक एयरले पुँजी विस्तार तथा वित्तीय अवस्था सुदृढ बनाउन प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ। यससँगै कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले बोनस सेयर वितरणको प्रस्ताव पनि उक्त साधारणसभामा प्रस्तुत गर्ने भएको छ। कम्पनीको हालको वित्तीय स्थिति र बजार मागलाई ध्यानमा राखेर यो निर्णय लिइएको बताइएको छ।

हाल हेलिकोप्टर सेवा प्रदान गर्दै आएको सिम्रिक एयर लिमिटेडले नेपालको दुर्गम तथा पर्यटन सम्भावित क्षेत्रमा उडान भरेर सेवा दिँदै आएको छ। कम्पनीले आगामी दिनमा सेवा विस्तार गर्दै नयाँ हेलिकोप्टर थप्ने योजनासमेत अघि सारेको छ।

कम्पनीका अनुसार साधारणसभामा प्रिमियम मूल्य निर्धारण, बोनस सेयरको प्रतिशत, तथा आगामी आर्थिक वर्षका योजना र नीति सम्बन्धी विषयमा छलफल गरिनेछ। साथै, कम्पनीले सेयरधनीहरूको सुझाव तथा प्रश्नहरूको पनि जवाफ दिने तयारी गरेको छ।

सिम्रिक एयरले आईपीओ निष्कासन र बोनस सेयरमार्फत संस्थागत क्षमता वृद्धि गर्दै नयाँ लगानीकर्तालाई समेत आकर्षित गर्ने लक्ष्य लिएको छ। यसले कम्पनीको पूँजी संरचना थप मजबुत भई प्रतिस्पर्धी क्षमतामा समेत वृद्धि हुने विश्वास गरिएको छ।

Share 15 सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, असार २५ गते साधारणसभा बोलाउने
  • Share
      सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, असार २५ गते साधारणसभा बोलाउने
      सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, असार २५ गते साधारणसभा बोलाउने

      काठमाडौँ। सिम्रिक एयर लिमिट�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari