Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

26/Sep/2025
अब QFX को टिकट सिधै इसेवा एप बाटै, थप सजिलो र ग्राहकमैत्री !

काठमाडौं। नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिंग सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिंग सेवामा सुधार...

गरेको छ।

अब प्रयोगकर्ताहरूले QFX सिनेमाका चलचित्र टिकटहरू सिधै इसेवा एपभित्रबाटै बुक गर्न सक्नेछन्। यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ।

के हो यो नयाँ सुविधा?

यो नयाँ प्रविधिले चलचित्रका पारखीहरूलाई घरमै बसीबसी वा जुनसुकै ठाउँबाट पनि मनपर्ने चलचित्रको टिकट काट्न अझै सहज बनाएको छ । अब तपाईंले इसेवा एप खोलेरै, मनपर्ने सिनेमा हल र शो टाइम छान्नुहोस्, सिट सुरक्षित गर्नुहोस् र तत्कालै भुक्तानी गरेर आफ्नो टिकट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सहकार्यबारे बोल्दै इसेवाका प्रमुख रणनीति अधिकृत (Chief Strategy Officer) रबि शाक्यले भन्नुभयो, “QFX सँगको यो सहकार्यले नेपाली डिजिटल भुक्तानी र मनोरञ्जन उद्योग दुवैका लागि एउटा महत्त्वपूर्ण कदम हो। हामी हाम्रा प्रयोगकर्ताहरूको सुविधालाई उच्च प्राथमिकता दिन्छौँ र यो नयाँ फिचरले चलचित्र प्रेमीहरूका लागि टिकट खरिदको अनुभवलाई अझै सरल र प्रभावकारी बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ। यो साझेदारीले डिजिटल नेपालको सपनालाई साकार पार्न पनि थप टेवा पुग्नेछ।“

त्यसैगरी, QFX का महाप्रबन्धक (General Manager) तृप्ति गिरीले भन्नुभयो, “हामी सधैँ हाम्रा दर्शकलाई उत्कृष्ट सिनेमा अनुभव दिन प्रतिबद्ध छौँ र यो साझेदारी त्यसैको एक हिस्सा हो। इसेवासँगको सहकार्यले हाम्रा ग्राहकलाई टिकट खरिद गर्न अझै सहज हुनेछ, जसले गर्दा उहाँहरूले आफ्नो समय फिल्मको आनन्द लिनमा खर्च गर्न सक्नुहुनेछ। यसले नेपालको मनोरञ्जन उद्योगमा डिजिटल रूपान्तरणलाई थप गति दिनेछ।“

कसरी गर्ने टिकट बुक?

१. आफ्नो eSewa App खोल्नुहोस् ।

२. होम स्क्रिनमा रहेको “Movies” आइकनमा ट्याप गर्नुहोस् ।

३. QFX सिनेमा छान्नुहोस् ।

४. आफूले हेर्न चाहेको चलचित्र, हल र शो टाइम रोज्नुहोस् ।

५. खाली सिटहरूमा ट्याप गरी आफ्नो मनपर्ने सिट छान्नुहोस् ।

६. अब "Proceed" बटन थिची भुक्तानी गर्नुहोस् ।

भुक्तानी सफल भएपछि तपाईंको टिकट My Tickets भित्र एपमै प्राप्त हुनेछ ।

इसेवा सधैँ डिजिटल भुक्तानीलाई अझै सरल र सुरक्षित बनाउन प्रयासरत छ । QFX सँगको यो सहकार्यले नेपाली दर्शकलाई मनोरञ्जनको क्षेत्रमा पनि एक उत्कृष्ट डिजिटल अनुभव दिने विश्वास लिएका छौं ।

चलचित्र हेर्ने योजना बनाउँदै हुनुहुन्छ ? अब इसेवा एप खोलेर आजै आफ्नो मनपर्ने सिनेमाको टिकट सजिलै बुक गर्नुहोस् र डिजिटल सुविधा सहितको मनोरञ्जनको आनन्द लिनुहोस्।

Share 2 अब QFX को टिकट सिधै इसेवा एप बाटै, थप सजिलो र ग्राहकमैत्री !
  • Share
      अब QFX को टिकट सिधै इसेवा एप बाटै, थप सजिलो र ग्राहकमैत्री !
      अब QFX को टिकट सिधै इसेवा एप बाटै, थप सजिलो र ग्राहकमैत्री !

      काठमाडौं। नेपालको अग्रणी डि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird