Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

24/May/2025
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेट, नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरी नेपालको अटोमोबाइल क्षेत्रमा देखिएका...

मौद्रिक नीतिसम्बन्धी विभिन्न समस्याहरूको विषयमा विस्तृत छलफल गरेको छ। उक्त छलफलमा अध्यक्ष चौधरीले नेपालका अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल लागू गर्न सकिने पाँच बुँदे सुझावहरू प्रस्तुत गरेका थिए।

भेटमा अध्यक्ष चौधरीले बैंकको ऋण नीतिको कठोरताका कारण विद्युतीय तथा प्रिमियम सवारी साधनमा लगानीमा देखिएको समस्या, वित्तीय पहुँचको अभाव, ऋण प्रवाहको अव्यवस्था, र एक न्यायपूर्ण वित्तीय प्रणालीको आवश्यकतालाई प्रमुख रूपमा उठान गरेका थिए।

नाडाले प्रस्तुत गरेका पाँच प्रमुख सुझावहरू यसप्रकार छन्:

१. अटोमोबाइल क्षेत्रमा ऋण प्रवाहको व्यवहारिक कार्यान्वयन – एक वर्षअघि नेपाल राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय गरेको भए पनि हालसम्म व्यवहारिक रूपमा बैंकहरूले ऋण प्रवाह नगरेको भन्दै तत्काल स्पष्टता र कार्यान्वयनको माग गरिएको छ।

२. Loan-to-Value (LTV) अनुपात न्यूनतम ७०% बनाइयोस

हालको ५०% (LTV) सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकोले सम्पूर्ण अटोमोबाइल्स सेगमेंटका लागि (LTV) लाई बढाएर यथार्थपरक स्तरमा ल्याउन आग्रह गरियो।

३. ऋण सुविधाका प्रक्रियामा लचकता – कडा नीतिका कारण मध्यमवर्गीय तथा तलबआधारित ग्राहकहरूले ऋण लिन असहज भएको भन्दै लचकता आवश्यक रहेको औंल्याइएको छ।

४. विद्युतीय र हाइब्रिड सवारीका लागि लक्षित ऋण योजना – दिगो ऊर्जा र वातावरणीय लक्ष्यलाई सघाउन विशेष ऋण, पुनःवित्तीयकरण र प्रोत्साहन कार्यक्रम ल्याउन सिफारिस गरिएको छ।

५. वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न कडा नियमन – निश्चित डिलरहरूमा मात्रै ऋण लिन ग्राहकमाथि दबाब सिर्जना गर्ने र प्रतिस्पर्धी संस्थालाई अवरोध गर्ने व्यवहार अन्त्य गर्न राष्ट्र बैंकले कडा नियमन ल्याउन माग गरिएको छ।

छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योगले नेपालका राजस्व, रोजगारी, प्रविधि हस्तान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्ध राखेको भन्दै नीति, वित्त र व्यवहारबीचको सन्तुलन कायम गर्नुपर्ने बताए। नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठले दीर्घकालीन आर्थिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा सञ्चालन गर्ने प्रस्ताव राखेका थिए।

छलफलको अन्त्यमा गभर्नर डा. पौडेलले नाडाका सुझावहरूलाई गम्भीरतापूर्वक लिने र आवश्यक विषयमा छलफल र समन्वय गर्ने आश्वासन दिएका छन्। कार्यक्रममा नाडाका महासचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलन बाबुमल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य यमनु श्रेष्ठ र दिपेन्द्रकुमार मिश्रको उपस्थिति थियो।

Share 5 नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेट, नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव
  • Share
      नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेट, नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव
      नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेट, नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird