Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

12/May/2025
९ महिनामा ३२ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह, रियल स्टेट क्षेत्रमा लगानी वृद्धिको संकेत

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा ३१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

साउनदेखि चैतसम्म ९ महिनाको...

अवधिमा २० अर्ब १२ करोड व्यक्तिगत आवासीय घरकर्जा र ११ अर्ब १९ करोड रुपैयाँ रियल इस्टेट कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

हालसम्म (०८१ चैतसम्म) घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको कुल आकार ६ खर्ब ८७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ। जसमध्ये ४ खर्ब ७ अर्ब १४ करोड रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा र दुई खर्ब ७९ अर्ब ८८ करोड रियल इस्टेट शिर्षक अन्तर्गतको कर्जा रहेको छ।

चालु आ.व.को ९ महिनामा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढे पनि गत वर्षको सोही अवधिको तुलनामा भने कर्जाको वृद्धिदर घटेको छ।

गत आ.व.को यसै अवधिमा व्यक्तिगत आवासीय घरकर्जा ३८ करोड र रियल इस्टेट कर्जा दुई अर्ब ७६ करोड गरी कुल ४१ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। रियल इस्टेट शिर्षकको कर्जा भने गत वर्षको तुलनामा यस वर्ष धेरै प्रवाह भएको छ।

गत आवको ९ महिनामा २ अर्ब ७६ करोड रियल इस्टेट कर्जा प्रवाह भएकोमा चालु आ.व.को सोही अवधिमा ११ अर्ब १९ करोड प्रवाह भएको जनाइएको छ।

Share 5 ९ महिनामा ३२ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह, रियल स्टेट क्षेत्रमा लगानी वृद्धिको संकेत
  • Share
      ९ महिनामा ३२ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह, रियल स्टेट क्षेत्रमा लगानी वृद्धिको संकेत
      ९ महिनामा ३२ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह, रियल स्टेट क्षेत्रमा लगानी वृद्धिको संकेत

      काठमाडौँ। चालु आर्थिक वर्षक�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari