Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

13/May/2025
रारा क्षेत्रको पर्यटन विकासमा नयाँ ढोका खोल्दै काठमाडौं–रारा पर्यटक बस सेवा तयारी

मुगु । नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक बस व्यवसायी संघ नेपाल (टीबान) का २२ जना सदस्यहरूको टोलीले रारा क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेको छ। काठमाडौं–रारा नियमित...

पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यसहित टोलीले सोमबार मुगुको शल्लेरीमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरेको हो।

उक्त अन्तरक्रियामा नेपाल पर्यटन बोर्ड, पर्यटक बस व्यवसायी, स्थानीय समुदाय, मुगुका होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। त्यस्तै, रारामा होटल व्यवसाय गर्दै आएका देबीकृष्ण रोकायाले स्थानीय पर्यटन सेवामा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताए। "हामी विकासको चरणमा छौं। तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि सहयोग आवश्यक छ," रोकायाले भने।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले रारा अब पछाडि परेको गन्तव्य नरहेको स्पष्ट पार्दै, यहाँ संरचनागत विकासले गति लिएको बताए। उनले भने, "रारा इको-टुरिजम र चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य हो। खाना-बस्नको राम्रो व्यवस्था, नियमित हवाई सेवा र सडक सञ्जालले यसलाई पहुँचयोग्य बनाएको छ।"

उनले रारा क्षेत्रको पर्यटन सम्भावना अझ अन्वेषण गर्दै, मानव स्रोत विकास, तालिम, र प्रचार-प्रसारमा नेपाल पर्यटन बोर्डको लगानी र सहयोग निरन्तर रहने बताए।

पर्यटक बस व्यवसायी संघ नेपाल (टीबान) का अध्यक्ष भिष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालन गर्दा केही चुनौतीहरू भएपनि संघ त्यसका लागि तयार रहेको बताए। उनले सडक छेउका होटलहरू व्यवस्थित गर्नुपर्ने र स्थानीय बासिन्दाहरूलाई हस्पिटालिटी तालिम आवश्यक रहेको औंल्याए।

नेपाल पर्यटन बोर्डले काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन, पूर्वाधार विकास र स्थानीय जनशक्ति तालिममा आवश्यक समन्वय गर्न प्रतिबद्धता जनाएको छ। साथै, होटल स्तरोन्नति, पर्यटन सेवा सुधार तथा रारा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने अभियानलाई प्राथमिकतामा राखिने जनाएको छ।

Share 10 रारा क्षेत्रको पर्यटन विकासमा नयाँ ढोका खोल्दै काठमाडौं–रारा पर्यटक बस सेवा तयारी
  • Share
      रारा क्षेत्रको पर्यटन विकासमा नयाँ ढोका खोल्दै काठमाडौं–रारा पर्यटक बस सेवा तयारी
      रारा क्षेत्रको पर्यटन विकासमा नयाँ ढोका खोल्दै काठमाडौं–रारा पर्यटक बस सेवा तयारी

      मुगु । नेपाल पर्यटन बोर्डको स

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird