Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

25/Nov/2025
इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो

काठमाडौँ । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । यो...

अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागीता रहेको थियो ।

क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारहरू मार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।

विजेताहरु यी हुन्ः

● टाटा एक्सप्रेस–टि इभी (TATA Xpres-T EV) (क्याब ड्राइभर श्रेणी)– हरि पाण्डे

● टिभिएस रेडर (TVS Raider) (बाइक (मोटो) राइडर श्रेणी):– आकाश तामाङ

दुबै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने, र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो । यो घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्र मार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो ।

क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गर्याे, जसमा निम्न समावेश छन्ः

● वनप्लस नर्ड सिई४ लाइट फाइभजी (OnePlus Nord CE4 Lite 5G) स्मार्टफोनका १५ विजेताहरू

● अल्टिमा एटम १९२ (Ultima Atom 192) इयरबडका ३० विजेताहरू

● अल्टिमा नोभा प्रो (Ultima Nova Pro) स्मार्टवाचका ३० विजेताहरू

इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै उनीहरूको अमूल्य योगदानको कदर गर्दै भनिन, “हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन् । यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो । इनड्राइभमा, हामी छनोटको स्वतन्त्रताको पक्षमा छौं, र हाम्रो निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र यात्रु दुवैलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गर्दछ । हामी हाम्रो कम्युनिटी पार्टनर्सलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं । सबै विजेताहरूलाई बधाई छ, र हाम्रो मिशनलाई अगाडि बढाउनुभएकोमा धन्यवाद । हामीले अघिल्लो पटक वाचा गरेझैं, हामी हाम्रा ड्राइभर पार्टनर्सहरूका लागि ठूलो र उत्कृष्ट अभियान लिएर आएका छौं । हाम्रा सबै विजेताहरूलाई बधाई छ, तपाईंको समर्पणले हाम्रो अभियानलाई अगाडि बढाउँछ । हामी हाम्रा चालकहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध छौं ।”

इनड्राइभमा, ड्राइभर पार्टनर्सहरु हाम्रो समुदायको जग हुन, र हामी उनीहरूसँगै उभिएर, उनीहरूको प्रयासलाई मान्यता दिएर, र निष्पक्षता र छनोट गर्न सकिने प्लेटफर्मको सुनिश्चितता गरेर बढ्दै जानेछौं ।

Share 3 इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो
  • Share
      इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो
      इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो

      काठमाडौँ । विश्वव्यापी मोबि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka