Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

14/May/2025
मलेसियामा नेपाली श्रमिकको रोजगारीमा सिण्डिकेट खडा गर्न खोजिएको आरोप, वैदेशिक रोजगार व्यवसायी संघको कडा विरोध

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियामा रोजगारीका लागि प्रस्तावित सिण्डिकेटलाई कुनै पनि हालतमा स्वीकार नगर्ने दृढ अडान व्यक्त गरेका छन्। बुधबार...

आयोजित सिण्डिकेटविरुद्धको खबरदारी तथा विरोध कार्यक्रममा बोल्दै उनले सिण्डिकेटको प्रयासलाई कडाइका साथ अस्वीकार गर्ने र त्यसविरुद्ध आवश्यक कदम चाल्ने बताए।

उनले भने, मलेसियामा सिण्डिकेट लाद्ने प्रयास हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन। यदि जबरजस्ती सिण्डिकेट थोपरिन खोजियो भने, हामी त्यसलाई जुन बाटोबाट आए पनि त्यही बाटो फर्काउन तयार छौं। यदि कसैसँग सिण्डिकेटसम्बन्धी कुनै तथ्य वा प्रमाण छ भने हामीलाई उपलब्ध गराउनुहोस्, हामी आवश्यक ठाउँमा पुगेर आवाज उठाउँछौं।

अध्यक्ष गुरुङले आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने र सिण्डिकेट तोड्नका लागि कानुनी तथा व्यावहारिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए।

यसै क्रममा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले मलेसियामा कार्यरत संस्था र व्यक्तिहरूलाई सिण्डिकेटविरुद्ध एकजुट भएर लाग्न आह्वान गरे। उनले मलेसियाबाट सुरु भएको सिण्डिकेटको प्रभाव क्रमशः अन्य देशहरूमा पनि फैलिन सक्ने चेतावनी दिँदै यसले वैदेशिक रोजगार व्यवसायीहरूलाई पलायन हुने अवस्थामा पुर्‍याउन सक्ने बताए।

Share 8 मलेसियामा नेपाली श्रमिकको रोजगारीमा सिण्डिकेट खडा गर्न खोजिएको आरोप, वैदेशिक रोजगार व्यवसायी संघको कडा विरोध
  • Share
      मलेसियामा नेपाली श्रमिकको रोजगारीमा सिण्डिकेट खडा गर्न खोजिएको आरोप, वैदेशिक रोजगार व्यवसायी संघको कडा विरोध
      मलेसियामा नेपाली श्रमिकको रोजगारीमा सिण्डिकेट खडा गर्न खोजिएको आरोप, वैदेशिक रोजगार व्यवसायी संघको कडा विरोध

      काठमाडौँ। नेपाल वैदेशिक रोज�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka