Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

18/Jan/2026
आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

चितवन । चितवन प्रर्दशनी केन्द्रमा जारी आठौं एग्रीटेक एक्स्पोमा १७ हजार बढीले अवलोकन गरेका छन । एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी , विद्यार्थी, अनुसन्धानकर्ताहरुले सहभागिता जनाएका हुन...

। नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोृजना गरिएको हो । मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोको आज दोस्रो दिन अवलोकन कर्ताको उत्साहजनक उपस्थिति रहेको बताउनु भयो । ‘हिजो पहिलो दिनपनि एक्स्पोमा अवलोकनकर्ताको भीडनै थियो, प्रबन्ध निर्देशक भट्टराइले भन्नुभयो, आज झन बिहानै देखि भीड बढेको छ । बेलुका सम्म १७ हजार बढीले अवलोकन गर्नु भएको छ ।’ भोलि अन्तिम दिन अवलोकनकर्ताको संख्या थप बढ्ने उहांँले बताउनु भयो ।

एक्स्पोमा कृषि तथा पशुपन्छीका नवीनतम प्रविधिहरु राखिएका छन । साथै चितवनमै पहिलोपटक फेदी कम्पनीको इभी ट्रक पनि प्रर्दशनमा राखिएको छ । प्रर्दशनमा इभी ट्रकमा अवलोकन कर्ताको बढ्दो आकर्षण रहेको इभरग्रीन इनर्जी एण्ड इन्भेष्टमेन्ट प्रालीका निर्देशक सन्तोष प्रसाईले जानकारी दिनुभयो । ‘नेपालमै हामीले इभी ट्रक पहिलोपटक हामीले भित्र्याएका हौं, प्रसाईले भन्नुभयो, चितवनमा पनि यो ट्रकको विषयमा जानकारी लिने, बुकिङ र खरीद गर्ने आउनु भएको छ ।’ इभी ट्रकले एकपटकको चार्जमा २६० किमी गुड्ने र ६ टन भारवहन क्षमता रहेकोले पनि यसप्रति ग्राहकको आकर्षण बढेको उहांँको भनाई छ । ‘यो ट्रक अन्य इन्धनबाट चल्ने ट्रक जस्तै जुनसुकै ठाउंँमा पनि जान्छ, उहांँले भन्नुभयो, यसले इन्धन ट्रकको भन्दा ७० प्रतिशत खर्च कम गर्छ ।’

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहेका छन ।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने मिडिया स्पेसका प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिनुभयो ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्। एक्स्पो यही माघ ४ गतेसम्म चल्नेछ । एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।

Share 4 आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन
  • Share
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

      चितवन । चितवन प्रर्दशनी केन्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird