ArthaDrishti.com
25/Sep/2025
कोशी र बागमतीमा मध्यम देखि भारी वर्षाको जोखिम, देशभर आंशिक बदली
काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। हाल गण्डकी, लुम्बिनी र...
कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन अनुरोध गरिएको छ।
आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी र बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यमदेखि भारी, तराईमा एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति यी क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो आंशिक बदली रही एक-दुई स्थानमा मध्यम वर्षाको जोखिम छ। राति यी क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेकोले बाढी र पहिरोको जोखिम बढ्न सक्ने।